यूके शेर्पा किदुगको पाँचौ महाधिवेशन आश्फोर्ड्को एभरेस्ट् इनमा सम्पन

लन्डन केन्ट् , २१ जनवरी  यूके शेर्पा किदुगको पाँचौ महाधिवेशन आश्फोर्ड्को एभरेस्ट् इनमा सम्पन्न भयो । संघका अध्यक्ष गोम्बा पिनासा शेर्पाको सभापतित्वमा भएको  सो कार्यक्रम दुई चरणमा गरिएको थियो। प्रथम चरणको कार्यक्रममा संघका उप-ध्यक्ष श्री दावासोनाम् लामा शेर्पाले सबै उपस्थितिको लागि स्वागत मन्तब्य पश्चात् यू के शेर्पा किदुगका महासचिब श्री रिन्जी टाक्तोक्  शेर्पाले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने बिशेष कारणबश् कोषाध्यक्षको उपस्थिति हुन नसकेको कारण अध्यक्ष गोम्बा पिनासा शेर्पाले आर्थिक प्रतिबेदन  पढेर सुनाउनु साथै चल अचल सम्पतिको पनि बिबरण पेश गर्नु भएको थियो।

कार्यक्रममा बिबिध् भावी विषय माथी  छलफल गरिएको थियो भने सदस्य संख्यामा ब्रिद्धि साथै किदुकको ब्रान्च सम्म खोलि सकेको हुनाले यूके शेर्पा किदुगलाई  नाम परिवर्तन गरि  शेर्पा संघ यूके बनाउने पनि सर्वसम्मत रुपमा महाधिवेशनले निर्णय गर्यो । सो कार्यक्रममा संघलाई च्यारिटीमा दर्ता गर्नाको लागी पनि प्रश्ताप राखिएको थियो भने युरोप संघका अध्यक्ष आङ्कल्जाङ् लामा शेर्पा र आशफोर्ड ब्रान्चका चेयरमेन निमा शेर्पाले बोल्नु भएको थियो ।    यू के शेर्पा किदुगका महासचिब श्री रिन्जी टाक्तोक् शेर्पाले सन्चालन गर्नुभएको बन्दसत्र कार्यक्रममा   निर्बाचन कार्यसमितिबाट २०१२-२०१४ सम्मका लागि नयाँ कार्यसमितको पनि चयन् गरिएको थियो ।

नयाँ कार्यसमितिमा क्याप्टेन रिटायर्ड आङ्फुला शेर्पा अध्यक्ष , रिन्जी टाक्तोक् शेर्पा उप-ध्यक्ष, चाद लामा शेर्पा महासचिब, पासांग शेर्पा सचिव, साना टाक्तोक् शेर्पा कोषाध्यक्ष, दावा वाङ्दि शेर्पा सह-कोषाध्यक्ष, कमान सिङ लामा कल्चर सचिव, ग्याल्मो शेर्पा असिस्टेन्ट कल्चर सचिव, सदश्यहरुमा पासांग गोपर्मा शेर्पा, लाक्पा ग्याल्जेन शेर्पा , आङ्फुर्बा  शेर्पा, आङ्दावा चेवा शेर्पा, लाक्पा शेर्पा, पेम्बा शेर्पा , डाक्टर टाशी शेर्पा  र क्षेत्रीय प्रतिनिधिहरुमा  दावा शेर्पा स्कट्ल्यन्ड्  , दावा शेर्पा वेल्स , ग्याल्जेन शेर्पा योर्क, काजी शेर्पा रिडिङ लाई सर्ब सम्मत रुपमा मनोनित गरेको थियो ।

कार्यक्रमको अन्तमा अध्यक्ष क्याप्टेन् रिटायर्ड आङ्फुला शेर्पा,उपध्यक्ष रिन्जि टाक्तोक् शेर्पा र निर्बाचन् समितबाट फुर्बा लामा शेर्पाले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो। कार्यक्रम दिनको ११ बजे सुरु भएर ४ बजे अन्त्य भएको थियो।

 

www.uksherpa.org

 

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                  

 

                                                                                                

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama