हिमालयन शेर्पा साँस्क्रितिक केन्द्र नेपालले ११ औ बार्षिक साधरण सभा सम्पन्न गरे 

                                            

 
 काठमाण्डौ, डिसेम्बर ५, हिमालयन शेर्पा साँस्क्रितिक केन्द्र नेपालले केन्द्रका अध्यक्ष श्रीमती याङजी शेर्पाको सभापतित्वमा जोरपाटी स्थित स्तुपा पार्टी प्यालेसमा आफ्नो एघारौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। प्रमुख अतिथी श्री जिप छिरिङ लामा तथा बिशेष अतिथीमा नेपाल शेर्पा संघको अध्यक्ष श्री पेमा छिरि शेर्पा हुनुहुन्थ्यो भने बिभिन्न संघ सँस्थाको प्रतिनिधी हरुले अतिथिको आसन ग्रहण गरेको थिए। कार्यक्रममा केन्द्रको तर्फबाट महा सचिव पेम्बा गेलु शेर्पाले केन्द्रको कार्य प्रगति, लक्ष्य तथा कार्यक्रम सम्बन्धि प्रतिबेदन प्रस्तुत गरेको थिए भने कोषाध्यक्ष श्री कार्मा छिरिङ शेर्पाले आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि, बिशेष अतिथीद्वायबाट शेर्पा कलाकारहरुलाई खाता लागाई धन्याबाद प्रकट गरेका थिए।बक्तहरुको बक्तब्यको क्रममा सँस्क्रितिक केन्द्रलाई सुचारु राखन सदस्यबाट संकलित तथा कार्यक्रमबाट संकलित बजेट अपुग भएकोले राज्यस्तरबाट नै आफ्नो भाषा कला साँस्क्रितिको जगेर्नको लागी बजेट प्रस्तावको लागी कर्यक्रम अघि बढाउनु पर्ने सुझाव सभासद ल्हकी शेर्पाले दिनु भयो भने भने प्रमुख अथि श्री लामाले आफ्नो भाषा कला साँस्क्रितिको लागी हिमालयन शेर्पा साँसक्रितिक केन्द्रको उल्लेखनिय भुमिका रहेको र आफ्नो तर्फबाट सक्दो सहायोग गर्ने बताउनु भयो भने खानपान सहितको  उक्त कार्यक्रम सफल्ता पुर्वक महा सचिव पेम्बा गेलु शेर्पाले गर्नु भएको छ। 
 
 
www.sherpaworld.com
 
                                                                                                                                                                                                          
।