|
प्रेस बिज्ञप्ति
संपूर्ण शेर्पा को सस्क्रितिमा नै नकारात्मक प्रभाब पर्ने गरी नेपालको शैक्षिक क्षेत्रहरुमा समाजशास्त्र तथा मानवशास्त्र विषयका विभिन्न लेखकहरु द्वारा लिखित कक्षा –१२ र क्याम्पस स्तरमा पठन–पाठन हुँदै आएको पाठ्यपूस्तकमा शेर्पा जातिको विवाह संस्कार बहुपती प्रथा, बहुपत्नी प्रथा, मामा चेला फुपू चेली कै विच विवाह गरिने प्रथा र हाट वजारमा गएकी चेलीलाई जवरजस्ती घिस्याएर पत्नी बनाउने जस्ता विशेष संस्कृति शेर्पा समुदायमा छ भनी किटान गरिएकोमा शेर्पा संघ, यूरोपको ध्यानाकर्सन गरेको छ i
यसरी लाखौं विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यपूस्तकमा यश किसिमले यतार्थ भन्दा बाहिर रहेर ससमुदायको सस्कृति बारेमा लेखना कुनै लेखक
अधिकार नरहेको हुदा शेर्पा संघ, यूरोप घोर आपति प्रकट गर्दा छ र यशलाई पाठ्यपूस्तकमा परिमार्जन गर्न सम्बंदित निकायमा समेत जोडदार माग गर्दा छ I
भाबिस्यामा यश किकिम को कुनै समुदायको कला सस्कृतिबारेमा लेखन गर्दा समुदायका प्रतिनिधिमुलक संस्था संग परामर्ष तथा अनुमती नलिई प्रकासन नगर्न संपूर्ण लेखकहरु मा अनुरोद गर्दा छ I
आङ कल्जंग लामा शेर्पा
अध्यक्ष
शेर्पा संघ, यूरोप |