जर्मनमा " शेर्पा किदुग जर्मनी " को गठन I


१८ अप्रिल २०१० - जर्मनको विभिन्न भागहरुमा वसोवास गरिरहेका शेर्पासमुदायको बृहत् भेलाले शेर्पा किदुग, जर्मनीको गठन गरेको समाचार प्राप्त भएको छ I विगत लामो समय देखि जर्मनीमा वसोवास गरिरहेका शेर्पासमुदायले आवस्यकता महसुस गरिराखेको शेर्पा किदुगको निर्माण ले जर्मनी वासी शेर्पाहरुका साथै विश्व भरिका शेर्पा समुदाय माझ एक महत्वपूर्ण नयाँ आयाम थपिदिएकोछ ! लप्टू लामा शेर्पा को '' शेर्पा रेजिडेन्ट ह्यामबर्ग '' मा भव्यता र उत्सुकताका साथ् सुरु भएको उक्त कार्यक्रमको उदघाटन शेर्पा किदुग बेजियमका अध्यक्ष सोनाम लामा शेर्पा तथा एन.आर .एन. बेल्जियमका अध्यक्ष पेम्बा गेल्बु शेर्पा ( पी.जी.) ले छ्योमिन बालेर संयुक्त रुपमा गर्नु भएको थियो ! अन्या अतिथिहरु लमु शेर्पा ( उपाध्यक्ष शेर्पा किदुग बेल्जियम ) आङ् टाशी लामा शेर्पा ( सह.सचिव शेर्पा किदुग बेल्जियम ) आङ् डोल्मा शेर्पा ( बेल्जियम ) तथा एन.आर .एन जर्मनीका नवनियुक्त महिला प्रतिनिधि आङ् टाशी शेर्पा हुनुहुन्थ्यो ! उक्त भेलाद्वारा अध्यक्षमा निमा वोंछु शेर्पा ( सोनाम) उपाध्यक्ष: पासांग देन्डी शेर्पा, महा-सचिव दावा ग्याल्जेन शेर्पा, सचिव कर्मा शेर्पा, सह-सचिव दावा किपा शेर्पा, कोषाध्यक्ष निमा लामा शेर्पा, सह-कोषाध्यक्ष पासांग रिन्जी शेर्पा 
सदस्यहरुमा नाम्गेल शेर्पा, आङ् माया शेर्पा, माया यांग्जी शेर्पा, मिङ् ग्युर्मा शेर्पा, देन्डी लामा शेर्पा कार्यसमिति चायन गरेको छ र प्रमुख सल्लाहकारमा आङ् छिरिंग शेर्पा चायन गरेको छ I
उक्त अवसरमा कार्यसमितीका सदस्यहरुलाइ अतिथिहरुले बधाई दिनु भएको थियो भने आगामी दिनहरुमा किदुग लाई सशक्क्त रुपमा अघि बढाउदै लैजाने प्रतीबत कार्य समितिले गरिएको थियो I कार्यक्रमको समापन पश्चात नाचगानका को रमाइलो वातावरण संगसंगै उक्त भेला सम्पना भएको थियो I 


 
 
 

 

 
Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama