वेलायतको क्याम्बर्लीमा धुमधामका साथ बुद्ध जयन्ति


वेलायत । बिसिसी युकेको संयोजकत्वमा मे २७ तारिखका दिन २५५४ औं वुद्ध जयन्ती मिचेट क्याम्बर्लीमा धुमधामका साथ मनाइयो । कार्यक्रममा थाइलैण्ड, जापान, श्रीलंकाका भिक्षुहरु समेत आउनु भएका थिए । कार्यक्रमको शुरुवात लामा गुरुहरुद्धारा पूजा पाठबाट शुरु गरिएको थियो र आयोजित सो कार्यक्रममा उपस्थित भक्तजनहरुले फूल प्रसाद अर्पण गरी भगवान वुद्धको पुजा गरेका थिए । कार्यक्रममा अधिकांश बक्ताहरुले आजको अशान्त बिस्व परिबेशमा बुद्धको सन्देश फैलाउन सकिएको खण्डमा यस्ले बिस्व शान्तिमा उल्लेख्य भूमिका निर्बाह गर्न सक्ने, आफैभित्र कसरी आनन्दानुभूति प्राप्त गर्न सकिने, वुद्ध जयन्तीको महत्व प्रकाश पार्ने र शान्तिका

प्रतिमूर्ति बुद्धको प्रसिद्धिबाट लालायितद्धारा सत्यका पर्यायबाची बुद्धमाथि झूटको खेती गर्ने जुन काम भएको छ सत्यको रक्षाकै लागि सो भ्रम निस्तेज पारिनु पर्ने कुराहरुमा जोड दिइएको थियो ।

वेलायतका लागि नेपाली राजदूत डा सुरेश चन्द्र चालिसेले आजको परिबेशमा बुद्धका सन्देशहरुको महत्वमाथि प्रकाश पार्नुका अतिरिक्त आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा नेपालबाट ल्याएको बुद्धको मूर्ति उपहार स्वरुप दिएपछि वेलायतकी महारानीले सो मूर्ति दरबारको संग्रहालयमा राखिने कुरा बताउनु भएको जानकारी दिनु भयो । डा सुनिल कारीयाकारावानाले दु:खका कारणहरु र यसबाट मुक्तिको उपायबारे प्रकाश पार्नु भयो । भेन भीर भिरन्धारोले थाइल्याण्डमा बुद्ध शिक्षा र ध्यानको बारेमा प्रकाश पार्दै मनलाई सफा गर्ने उपाय ध्यान भएको बताउँदै मनलाई ध्यानले सफा गरेपछि मात्र प्रेम भाव अभिब्रिद्धि हुने कुरा बताउनु भयो । भेन गानसिङ रकले जापानमा बुद्ध शिक्षाबारे प्रकाश पार्दै जापानको आफ्नै किसिमको भौगोलिक अवस्था पनि बुद्ध धर्मको लागि अझ उपयुक्त हुन गएको बताउनु भयो । कपिलबस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शान्तिका प्रतिमूर्ति बुद्धको प्रसिद्धिबाट लालायितद्धारा सत्यका पर्यायबाची बुद्धको नामबाट नाजायज फायदा लिन नक्कली लुम्बिनी बनाउने तथा अन्य उपायद्धारा बिस्वमा जे जसरी भ्रम सिर्जना गरी बुद्धको जन्म स्थान जाने भनेर भारत जाने बातावरण तयार भएको छ र कतिपय कारणबश अधिकांश देशका पाठ्य पुस्तकमा बुद्धको जन्म भारत भनी उल्लेख गरिएको छ सत्य रक्षाको लागि पनि दिग्भ्रमित बिस्व समुदायलाई यो भ्रमबाट मुक्त गरिनु यो अभियानको एउटा उद्धेस्य भएको कुरा प्रस्ट पार्नु भयो । र पनि यो अभियानको मुल उद्धेस्य भने बुद्धका शान्तिका सन्देशहरु फैलाई बिस्व शान्तिमा सक्दो सहयोग गर्नु भएको जानकारी दिनु भयो । अक्सफोर्ड युनिभर्सिटिका प्रोफेसर डा डेभिड एन गेल्नरले शान्ती क्षेत्र नेपालमा अहिले जे भइरहेको छ बुद्धको देश भएको कारण नेपालमा पुन: शान्ती स्थापना हुनु पर्ने कुरा बताउनु भएको थियो । उहाँले आफ्नो मन्तब्य नेपाली भाषामा नै ब्यक्त गर्नु भएको थियो ।

त्यसै गरी भेन भिक्षु सुगन्धले नेपाललाई संसारमा चिनाउने दुई कुराहरु बुद्ध र गुर्खाज भएको र गुर्खाजले यसरी ब्यापक रुपमा बुद्ध जयन्ती मनाएकोमा खुशी ब्यक्त गर्नुका साथै आज विस्वमा बुद्ध जयन्ती विस्व पर्बको रुपमा बिकास भएको बताउनु भयो । रुसमूरे काउन्सिलका मेयर ब्रायन पार्करले काउन्सिल र आयोजक दुबैको समुदायप्रति उत्तिकै महत्व र जिम्मेवारी भएको बताउनु भयो । त्यसरी नै क्रिस ब्राम्लीले “Armed Force Buddhist Society को बारेमा परिचय दिनु भएको थियो । श्रीमती नन्दा कुमारी गुरुङले सान्दर्भिक कविता बाचन गर्नु भएको थियो भने केही बिद्यार्थी छात्राहरुले बुद्धको सन्देश दिने किसिमले सन्देशमूलक आकर्षक प्रस्तुती पनि गरेका थिए । संस्थाका अध्यक्ष काजी शेर्पाले आगन्तुक सबैलाई स्वागत मन्तब्यबाट स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष नारायण प्रशाद गुरुङले कार्यक्रमा सफल पार्न सहयोग गर्ने सबैलाई कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको अन्तमा प्रशाद बितरणको कार्यक्रम थियो ।

Ram Kumar Shrestha रामकुमार श्रेष्ठ  
Ashford, Kent, , UK

Source:www.sherpaworld.com



 

 

 

 
 
 

 

 
Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama