शेर्पा किदुक युकेद्धारा नोर्साङ शेर्पाको सहयोगमा संकलित रकम हस्तान्तरण

शेर्पा किदुक युकेद्धारा मृगौला विरामी नोर्साङ शेर्पाको सहयोगमा संकलित रकम हस्तान्तरण गरिएको छ । शेर्पा किदुक यु के का महासचिव रिन्जी शेर्पाले नेपाल मेडिकल कलेजमा उपचार गराइरहेका बिरामी नोर्साङ शेर्पा र उसको उपचारमा संलग्न सम्बन्धित डाक्टरसँगको पत्यक्ष भेटघाट र कुराकानी पछि नेपाल शेर्पा संघका अध्याक्ष पेमा छिरी शेर्पा र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष याङजी शेर्पाको जिम्मेवारीमा सो रकम हस्तान्तरण गरेको हो ।
नोर्साङ शेर्पाको उपचारको लागि सहयोग अपिल संचार माध्यमहरुमा आएपछि स्वदेश तथा विदेशमा धेरै रकमहरु संकलन भइरहेकोले सोही रकमहरु सही रुपमा सदुपयोग होस र बिरामीले पाउनुपर्ने उपचार समयमै पाओस भन्ने अभिप्रायले शेर्पाहरुको जिम्मेवार संस्था नेपाल शेर्पा संघका र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको प्रत्यक्ष निगरानीमा नोर्साङ शेर्पाको उपचार गराउने भएको हुँदा शेर्पा किदुक युकेको पहलमा त्यहाका शेर्पाहरुद्धारा संकलित १५ सय अनठाउन्न पाउण्ड अर्थात नेपाली रुपैया एक लाख असी हजार सात सय अठाइस संघका महासचिव रिन्जी शेर्पाले नेपाल शेर्पा संघका अध्यक्ष पेमा छिरि शेर्पालाई हस्तान्तरण गर्नुभयो ।
आर्थिक अवस्था कमजोर रहेका कारण तत्कालै उपचार पाउन नसकेकाले विरामीको उपचारको प्रकृयामा अहिले नियमित १२ हप्तासम्म औषधी लिनुपर्ने र सो प्रकृयाबाट पनि कुनै सुधार नदेखिएमा दुबै मृगौला फेर्नुपर्ने उपचारमा संलग्न डा. प्रमोद कुमार क्षेत्रीले जानकारी दिनुभयो । यस प्रकृयामा १२ हप्तासम्म नियमित औषधी लिनका लागि दैनिक ६ सय दखि ८ सय खर्च लाग्ने र दुबै मृगौला फेर्नुपर्ने अवस्था आए १० देखी १५ लाख सम्म खर्च लाग्ने पनि सोही कुराकानीका क्रममा उहाँले जानकारी गराउनुभयो । अहिले केही दिनका लागि बिरामीलाई नियमित हिडडुलको आवश्यक रहेकोले घर पठाइएको पनि सोही क्रममा उहाँले जानकारी गराउनुभयो ।
अहिले सम्मा नोर्साङ शेर्पाको सहयोगमा संकलित रकम मध्ये पर्चुगल शेर्पा किदुकबाट संकलन गरिएको रु ३० हजार एक सय साठी, जापनबाट ३० हजार, इजराइलबाट २३ हजार तीन सय, दुवइबाट २० हजार कतारबाट १० हजार, न्यूयोर्कबाट व्यक्तिगत सोनाम छिरिङले ८ हजार ६४, र नेपालबाट मंगते शेर्पाको खाता जम्मा पैतीस सय रुपैया सहयोग रकम प्राप्त भैसकेको मंगते शेर्पाले जानकारी दिनुभएको छ । यसरी विभिन्न ठाउँहरुबाट संकलन भएको रकमलाई पारदर्शी तथा शिर्षकमा प्रयोग गर्नका लागि शेर्पा किदुक युके ले नेपालका जिम्मेवार संस्था नेपाल शेर्पा संघ र हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको प्रत्यक्ष निगरानीमा हुने गरी सहयोग रकम हस्तान्तरण गरिएको महासचिव रिन्जी शेर्पाले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर रहेका कारण जटिल रोगलाई उपचार गराउन नसकिने भन्दै अभिभावकले माया मारिसकेको भए पनि स्वदेश तथा विदेशमा रहेका आम शेर्पाहरुको सहयोग पाएपछि नयाँ जीवन पाउनेमा उनी र उनका अभिभावकको मनमा नयाँ आशा पलाएको छ ।
Posted B शेर्पा संचार समुह On 21 Feb 2011.
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस

Email : chandlama@uksherpa.org

|