यू.के शेर्पा किदुको सहयोग हस्तान्तरण

http://sherpaworld.com/pics/article/thumbs/2799_DSCN0698.JPG

यु के शेर्पा किदुकले शेर्पा भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि हिमालयन शेर्पा साँस्कृतिक केन्द्र काठमण्डौलाई निरन्तर रुपमा गर्दै आइरहेको सहयोग रकम हस्तान्तरण गरेको छ । यही भदौ १२ गते शनिवार हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको कार्यलयमा आयोजित एक औपचारिक कार्यक्रममा शेर्पा संघ यूरोपका अध्यक्ष तथा यू के शेर्पा किदुकका भू पू अध्यक्ष आङ कल्जाङ्ग लामाले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
    
शेर्पा संघ यूरोपका नवनिर्वाचित अध्यक्ष आङ कल्जाङ्ग लामालाई बधाई ज्ञापनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा हालै यूरोपका विभिन्न राष्ट्रहरुमा छरिएर रहेका सम्पूर्ण शेर्पाहरुलाई गोलवद्ध गर्दै युरोप शेर्पा संघ गठन गर्न सफल हुनुभएकोमा अध्यक्ष आङ कल्जाङ्ग लामा र सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष श्रीमती याङजी शेर्पाले बधाई प्रशंसा पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै युरोप शेर्पा संघका अध्यक्ष आङ कल्जाङ शेर्पाले शेर्पाहरुको भाषा संस्कृति संवद्र्धनका लागि नेपालमा हिमालयन शेर्पा साँस्कृतिक केन्द्र एक सशक्त सामाजिक संस्थाको रुपमा पाएकोले यस संस्थालाई निरन्तर सहयोग गर्न सबै इच्छुक रहेको बताउनुभयो । शेर्पाहरु विश्वका जुनसुकै ठाँउमा रहेपनि आफ्नो पहिचानलाई कायम राख्नुपर्ने बताउनुहुदै विश्वका विभिन्न देशहरुमा छरिएर रहेका शेर्पाहरुलाई गोलवद्ध गर्ने अभियान स्वरुप युरोपका सबै शेर्पाहरुलाई गोलवद्ध गर्दै शेर्पा संघ युरोप गठन भएको पनि उहाँले स्पष्ट पार्नुभयो । यसरी सबै शेर्पाहरुलाई एकिकृतको सुत्रमा बाध्न अहिले आवश्यक रहेकोले सबै शेर्पाहरु विश्वका जुसुकै देशहरुमा रहनु भएपनि सम्पर्क गर्न र गराउन अथवा सम्पर्क ठेगाना उपलब्ध गराउन अनुरोध पनि गर्नुभयो ।
कार्यक्रममा यु के शेर्पा किदुकले हिमालयन शेर्पा साँस्कृतिक केन्द्रलाई उपलब्ध गराउदै आएको सहयोग रकम स्वरुप गत मार्च देखी मे सम्मको मासिक रु ३ हजारका दरले ३ महिनाको रु ९ हजार र नयाँ कार्यसचिती गठन भए पश्चाद उक्त सहयोग रहमलाई बृद्धि गर्दै मासिक रु ५ हजारका दरले जुन देखी अगष्ट सम्मको रु १५ हजार गरी जम्मा रु २४ हजार रकम हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष श्रीमती याङजी शेर्पालाई हस्तान्तरण गर्नुुभयो । साथै हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले आगामी मंसिर महिना भित्र प्रकाशन गर्ने शेर्पा गिती संग्रह प्रकाशनमा लाग्ने सबै लागत शेर्पा संघ यूरोप बाट सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                    Your Feedback

 

                                                                                                

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama