युके शेर्पा किदुगको आठौ बार्षिक साधारण सभा सम्पन्न

लन्डन /युके शेर्पा किदुगको आठौ बार्षिक साधारण सभा यहि २३ जनवरीमा लाइटहाउस लन्ज चांद किचन ह्यरो रेस्टुरेन्ट, लन्डनमा भव्यताकासाथ सम्पन्न गर्यो । कार्यक्रम दिउसो २ बजेबाट सुरु भई साँझको झन्डै ६ बजे समापन गरिएको थियो । यूके शेर्पा किदुगका अध्यक्ष गोम्वा पिनासा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम महासचिब रिन्जी टाक्तोक शेर्पाले संचालन गर्नुभएको थियो । अध्यक्ष गोम्बा पिनासाले उपस्थिति सबैलाई स्वागत गरे पश्चात कार्यक्रम अगाडी बढेको थियो । कार्यक्रममा कोषाध्यक्ष साना गोपर्मा शेर्पाले बार्षिक आय व्ययको विवरण प्रस्तुत गर्नु भएको थियो । साथै महासचिब रिन्जी टाक्तोक शेर्पाले सँस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

युके शेर्पा किदुगको आशफोर्ड शाखा अध्यक्ष तथा यस बर्षाको लोसार संयोजक निमा टाक्तोक शेर्पाले शाखाको विवरण प्रस्तुत गर्नुका साथै यस बर्षाको बौद्ध धर्मलवम्वी शेर्पा जातीहरुको महान् चाड ग्याल्बो ल्होसार २१३८ हेलो (खरायो बर्ष) ५, मार्चमा पर्ने भएको जानकारी गराउनु भयो । साथै लोसार सेलेब्रेसन लन्डनको पुर्बी शहर आशफोर्ड, केन्टमा १२, मार्च शनिबारको दिन हुने भएको हुँदा भव्यताका साथ तैयारी हुदै गरेको र सबैलाई सो लोसार सेलेब्रेसनमा सहभागी बनी भब्यताका साथ मनाउन पनि आग्रह गर्नु भएको थियो ।

शेर्पा संघ यूरोपको अध्यक्ष आङकल्जाङ लामा शेर्पाले, शेर्पा संघ यूरोपको भाबी कार्यक्रमको बारेमा बोल्नु भएको थियो भने यूके शेर्पा किदुगलाई शेर्पा भाषा प्रशिक्षण को लागि ५० पाउन्ड र साना गोपर्मा शेर्पाको तर्फबाट २५० पाउन्ड सहयोग पनि गर्नु भएको थियो । कार्यक्रममा बुद्धिस्ट कम्युनिटी सेन्टरका महासचिब पेम्बा लामाले बुद्धिस्ट नेपालीहरुका लागि यूकेमा गुम्बा निर्माण कार्यको पहल भैरहेको हुदा सबैलाई सदस्य बनि सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।

सो कार्यक्रममा संस्थाको बिबिध कार्य योजनाको बिषयमा किदुगका उपध्यक्ष सोनाम लामा शेर्पा, सल्लाह्कार क्याप्टेन (रिटायर्ड) आङ्फुला शेर्पा, फुर्बा लामा शेर्पा, सचिब चाद लामा शेर्पा, कल्चर सेक्रेटरी कर्मासिङ लामा र फुर्ब गर्ज शेर्पाले बिबिध बिषयमा जिज्ञासा राख्नु भएको थियो । उक्त सभामा पासँग टाक्तोक शेर्पा, जाङ्मु शेर्पा , पेम्जाङ शेर्पा , दावोङ्दी शेर्पा , आङफुर्बा शेर्पा , मेदा शेर्पा ,माया लामा शेर्पा , कबिता र मिङ्मा शेर्पाको पनि उपस्थिती थियो ।

अन्तमा संस्थाको अध्यक्ष गोम्वा पिनासा शेर्पाले २७, मार्चदेखी हुने जनगणना २०११ हामी सबै नेपालीको लागी महत्वपुर्ण भएको हुदा सबैले नछुटाउनको लागी आग्रह गर्नु भएको थियो । ग्याल्बो लोसारमा शेर्पा तथा सम्पूर्ण नेपाली दाजुभाई, दिदी बहिनिहरुमा उपस्थितिको लागी अनुरोध गर्दै कार्यक्रममा उपस्थिती सबैलाई धन्यबाद सहित कार्यक्रमको समापन भएको थियो ।

 

 

                                           

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                   

 

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama