"    शेर्पा संघ युरोप    " विधिवत रुपमा स्थापना , शेर्पाहरुको युरोप स्तरीय भेला सम्पन्न !
२४ जुलाई , बेल्जियमको सानो सुन्दर शहर ल्युवेनमा    ""    सम्पूर्ण शेर्पाहरुको चाहना , एककृत सम्वृद्ध    समाजको परिकल्पना ""    भन्ने नाराका साथ् विदेशमा छरिएर रहेका    सम्पूर्ण शेर्पाहरुलाई गोलवद्द गर्दै शेर्पा जातिको भाषा , कला संस्कृति र    आपसी    भाइचाराको    अभिव्रिद्दी को मुख्य लक्ष लिएर    आयोजना गरिएको शेर्पाहरुको युरोप स्तरीय भेला    सम्पन्न भएकोछ ,    भेलामा    अध्यक्ष मण्डलको अध्यक्ष श्री आङ् छिरिंग लामा शेर्पाको    संयोजकत्वमा शेर्पा संघ युरोप को संस्थापक अध्यक्ष श्री आङ् कल्जङ् शेर्पा लाई निम्न पदाधिकारीहरुका साथ् चयन गरिएकोछ !

अध्यक्ष : श्री आङ् कल्जङ् शेर्पा    ( यु.के. )
उपाध्यक्ष : श्री आङ् फुला लामा    शेर्पा (बेल्जियम)
द्वितीय उपाध्यक्ष : श्री आङ् छिरिंग शेर्पा (जर्मन)
महासचिव : श्री हेम शेर्पा ( स्पेन )
सचिव :श्री    पेम्छिरी शेर्पा (पोर्चुगल )
कोषाध्यक्ष : श्रीमति    टाशी शेर्पा ( जर्मन )
सदस्य हरुमा :
पासाङ् तेम्बा शेर्पा ( बेल्जियम )
मिङ् मार शेर्पा (नर्वे )
साना शेर्पा ( यु.के.)
क्याप्टेन आङ् फुला शेर्पा (यु.के.)
पेम्बा छिरी शेर्पा (पोर्चुगल )
नीमा सोनाम शेर्पा ( बेल्जियम )
दावा छिरिंङ् शेर्पा (बेल्जियम )
तेन्जिंग शेर्पा    (    स्वीटजर्ल्याण्ड    )
रिन्छेन जाङ्बु    शेर्पा    (स्पेन )    हुनुहुन्थ्यो !

उक्त    प्रथम चरणको बन्द सत्र को कार्यक्रमको संचालन श्री पेम्बा दोर्जी शेर्पा ले गर्नु भएको थियो , सो कार्यक्रमको    समापन लगतै    दोस्रोचरणको कार्यक्रम सुरु भएको थियो !    उक्त अवसरमा स्पेन , पोर्चुगल ,नर्वे , स्वीटजर्ल्याण्ड , संयुक्त अधिराज्य ( यु.के.) , जर्मनी , र बेल्जियमका शेर्पा समुदाय र तिनका प्रतिनिधि , बेल्जियम स्थित बिभिन्न नेपालि संघ-संस्था हरुका प्रतिनिधि    , र नेपाल बाट आउनुभएका विशिष्ट अतिथि ज्युहरु श्री आङ् छिरिंग लामा शेर्पा ( सल्लाहकार नेपाल शेर्पा संघ , भू.पु.मन्त्री    ) नेपाल शेर्पा संघकाअध्यक्ष पेमा छिरी शेर्पा र छिरिंग शेर्पा    ( सल्लाहकार नेपाल शेर्पा संघ    )    प्रमुख अतिथि मा    नेपाली राजदुत महामहिम प्रमेश कुमार    हमाल    र अन्य अतिथिहरुमा एन.आर.एन.बेल्जियमका अध्यक्ष    श्री पी.जी.शेर्पा , एन.आर.एन आइ.सी.सी. सदस्य अर्जुन कुमार श्रेष्ठ , एन.आर.एन युरोप सह-संयोजक रविन्द्रमान श्रेष्ठ र शेर्पा संघ युरोपका नव निर्वाचित अध्यक्ष    श्री आङ् कल्जङ् शेर्पा हुनुहुन्थ्यो    !   

शेर्पा किदुग बेल्जियमका अध्यक्ष    श्री सोनाम लामा शेर्पा को सभापतित्वमा संचालित सो कार्यक्रम श्री आङ् फुला लामा    शेर्पा को स्वागत    मन्तव्य    बाट सुरु भएकोथियो !    कार्यक्रमको संचालन लाक्पा दोर्जे शेर्पा ले गर्नुभएको थियो भने    नव निर्वाचित सदस्यहरुलाई बधाई का साथै खादा ओढाइएको त्यस कार्यक्रममा विभिन्न वक्ताहरुले शेर्पा संघ युरोपका नव निर्वाचित सदस्यहरुलाई बधाई दिंदै    शेर्पा जाति    ,    भाषा ,कला र संस्कृति र यसको विस्वव्यापी महत्व    का साथै    वर्तमान सन्दर्भमा युरो शेर्पा संघको आवस्यकता र महत्व वारे प्रकाश पार्नु भएको थियो ! कार्यक्रमको समापन अन्तिम चरणमा स्येब्रुक शेर्पा नाच तथा अन्य नाचगानहरु    प्रस्तुत गरिएकोथियो ! उक्त अवसरमा नेपाल बाट आउनुभएका विशिष्ट अतिथि श्री आङ् छिरिंग लामा शेर्पा र पेमा छिरी शेर्पा द्वारा कलाकार हरुलाई प्रमाणपत्र वितरण गर्नु भएकोथियो त्यसै अवसरमा बेल्जियम सरकारको छात्र वृति बाट चिनमा पढ्ने अवसर पाउने नेपाली विद्यार्थी सुश्री    आङ् पेमा लामा    शेर्पा लाई    पनि खादा लगाई बधाई तथा सम्मान गरिएकोथियो ! अति स्वादिष्ट भोजनको समेत व्यस्था गरिएको त्यस कार्यक्रम अति सफलताका साथ् सम्पन्न भएकोथियो

यस कार्यक्रम लाइ सफल पार्न स्वयम    सेवकहरु अटुट रुपमा खटिनुभएको थियो भने नगद प्रयोजन गर्नेहरुमा पेम्बा शेर्पा ( जित )    १५० हरि धिताल २०० तथा रञ्जन बस्नेत १०० थियो !

 Source : sherpaworld.com

        

          

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                    Your Feedback

 

                                                                                                

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama