|
४ अगस्त ,ह्यामबर्ग ! शेर्पाहरुको युरोप स्तरीय भेला को निमित नेपाल बाट आमन्त्रित विशिष्ट अतिथि ज्युहरु श्री आङ् छिरिंग लामा शेर्पा ( सल्लाहकार नेपाल शेर्पा संघ , भू.पु.मन्त्री ) , नेपाल शेर्पा संघका अध्यक्ष पेमा छिरी शेर्पा र आङ् छिरिंग शेर्पा ( महासचिव नेपाल गलैचा उद्धोग महाँसंघ , सल्लाहकार नेपाल शेर्पा संघ ) को स्वागत तथा नव निर्वाचित शेर्पा संघ युरोप का निमित्त जर्मनी बाट चुनिनु भएका प्रतिनिधिद्वय द्वितीय उपाध्यक्ष श्री आङ् छिरिंग शेर्पा र कोषाध्यक्ष श्रीमति टाशी शेर्पा लाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना यहि अगस्त ४ मा ह्यामबर्ग स्थित याक एण्ड यति रेस्टुरेन्टमा सम्पन्न भयो ! जर्मन शेर्पा किदुग का अध्यक्ष निमा ओङ्छु शेर्पा को सभापतित्वमा संचालित सो कार्यक्रमका अन्य अतिथिज्यूहरुमा शेर्पा किदुग बेल्जियमका उपाध्यक्ष पेम्बा दोर्जी शेर्पा ( पी.डि.) , एन आर एन जर्मनका उपाध्यक्ष गंगालाल श्रेष्ठ , एन आर एनएल सी सी काअध्यक्ष विपिन श्रेष्ठ , तमु समाजका अध्यक्ष लाल बहादुर गुरुङ हुनुहुन्थ्यो ! जर्मन शेर्पा किदुग का उपाध्यक्ष पासांङ् देण्डी शेर्पा ले संचालन गर्नु भएको उक्त कार्यक्रम मा जर्मन
शेर्पा किदुग का महासचिव दावा ग्याल्जेन शेर्पाले स्वागत मन्तव्य दिनुहुँदै जर्मन शेर्पा किदुग को गतिविधि र भावी कार्यक्रमहरु वारे चर्चा गर्नु भएको थियो ! उक्त अवसरमा विशिष्ट अतिथि ज्युहरु श्री आङ् छिरिंग लामा शेर्पा र पेमा छिरी शेर्पा ज्यु द्वारा नव निर्वाचित शेर्पा संघ युरोप का द्वितीय उपाध्यक्ष श्री आङ् छिरिंग शेर्पा र कोषाध्यक्ष श्रीमति टाशी शेर्पा लाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिंदै खादा ओढाई दिनु भएको थियो ! कार्यक्रममा विशिष्ट अतिथि ज्युहरु , अतिथिज्यूहरु द्वारा शेर्पा किदुग जर्मनी प्रति आभार प्रकट गर्दै समाजमा शेर्पा संघ युरोप तथा शेर्पा किदुग जर्मनी को महत्व र आवस्यक्ता वारे चर्चा गर्नु भएको थियो !
कार्यक्रममा नेपालमा उच्च माध्यमिक शिक्षा (१०+२) कक्षा १२ को समाजशास्त्र/मानवशास्त्र बिषयको नयाँ पाठ्यक्रममासमावेश गरि छापिएको सामाग्री " शेर्पाहरुको विवाह मामाचेला र फुपुचेलीबिच गर्ने चलन छ " भन्ने सिङ्गो शेर्पा जातिको संस्कार संस्कृतिको धज्जी उडाउने प्रकारको भ्रमात्मक लेख प्रति दुख: र खेद प्रकट गर्दै त्यस पुस्तकका लेखक को घोर भर्त्सना गरियो , साथै अन्य सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाउन नेपाल शेर्पा संघका अध्यक्ष पेमा छिरी शेर्पा लाई उक्तज्ञापनपत्रहरु हस्तान्तरण गरियो !
अति स्वादिष्ट भोजनको समेत व्यस्था गरिएको त्यस कार्यक्रमका लागि याक एण्ड एती रेस्टुरेन्ट ले सौजन्य स्वरूप अतिथि हरुलाई फुलको गुच्छा तथा वेलकम ड्रिंक्स को व्यवस्था गरेको थियो ! |