.शेर्पा संघ, यूरोपको अन्लाइन् वैठक सम्पन्न
आइतवार, १९ डिसेम्बर २०१०- शेर्पा संघ, यूरोपको अन्लाइन् वैठक संघका अध्यक्ष श्री आङ कल्जाङ लामाको अध्यक्षतामा सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
वैठकको पूर्वार्द्धमा गत २४ जुलाई, २०१० मा बेल्जियमको ल्युवेन शहरमा सम्पन्न प्रथम यूरोपियन शेर्पा भेलाको बिस्तृत रुपमा समिक्षा गरी सो भेलालाई सफल पार्नका निमित्त व्यवस्थापनमा महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएकोमा शेर्पा किदुग, बेल्जियमका अध्यक्ष श्री आङ दोर्जे (सोनाम) लामा ज्यू लगायत कार्यसमितिका सदस्यज्यूहरु, स्वयं सेवक, कलाकार, पत्रकार, प्रायोजक तथा विभिन्न देशहरुबाट पाल्नु भएका किदुगका प्रतिनिधिहरुलाई हार्दिक धन्यवाद प्रस्ताव पारित गर्नुका साथै अगामी दिनमा यूरोपको राजधानीमा सम्पन्न हुने संघका विभिन्न गतिविधिहरुमा शेर्पा किदुग, बेल्जियमको महत्वपूर्ण भूमिका रहनेमा दुइमत नरहने विश्वास ब्यक्त गरिन्छ भनिएको छ ।
सो वैठकले गरेका अन्य निर्णयहरु निम्नानुसार छन् :
१. शेर्पा कला तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने योजना अनुसार 'शेर्पा गीति संकलन' प्रकाशनमा सहयोगका लागि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अनुरोध भए अनुसार प्रकाशनको लागि आर्थिक सहयोग गर्ने निर्णय गर्नुका साथै निकट भविष्यमा यस कार्यलाई ठोस रुपमा अगाडि बढाउनका निमित्त नेपाल शेर्पा, संघसंग समन्वय गरी शेर्पा समुदायमा सांकृतिक संरक्षण तथा भाषा सम्बर्द्धनका निमित्त ठोस योजना तर्जुमा गर्ने निर्णय गरेको छ ।
२. गरिव, जेहेन्दार, अनाथ तथा अपांग वालवालिकाको शिक्षामा सहयोग गर्ने कार्यक्रम अन्तर्गत हाललाई श्री जनसेवा नि.मा.बि. चौंलाखर्क-२, डुंडा, सोलुखुम्बु कक्षा ७ मा अध्ययनरत दावा शेर्पा(चौंलाखर्क गा. बि. स., वडा १- छुसा) लाई कक्षा १० सम्म अध्ययनको निम्ति सहयोग गर्ने निर्णय गरेको छ । साथै संघले गरिव, जेहेन्दार अनाथ वालवालिकाको शिक्षामा सहयोगको लागि यस कार्यकालभित्र ने.रु. ५ लाख को अक्षय कोष स्थापना गर्ने निर्णय गारेको छ I
३ वैठकमा प्रकाशोन्मुख मुखपत्र यूरोपकी ल्यारिम तथा संघको वेबसाइट् होस्ट गर्ने कार्यमा तिब्रता दिने बारेमा बृहत छलफल भयो।
बैठकमा द्वितीय उपाध्यक्ष श्री आङ् छिरिंग शेर्पा( जर्मन ), कोषाध्यक्ष श्रीमती टाशी शेर्पा ( जर्मन ), सचिव श्री पेम्छिरी शेर्पा ( पोर्तुगल), सदस्यहरु श्री रिन्छेन जाङ्बु शेर्पा (स्पेन ), क्याप्टेन आङ् फुला शेर्पा(यूके ), श्री साना शेर्पा, (यूके )श्री मिङ्मार शेर्पा (नर्वे), श्री तेन्जिंग शेर्पा ( स्वीटजर्ल्याण्ड ) तथा श्री पासाङ तेम्बा शेर्पा ( बेल्जियम) को उपस्थिति रहेको थियो भने सो बैठकको सञ्चालन महासचिव श्री हेम शेर्पाले सञ्चालन गर्नु भएको थियो।
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस

Email : chandlama@uksherpa.org

|