शेर्पा संघ, यूरोपको बैठक सम्पन्न
यूरोपको राजधानी बेल्जियम स्थित ल्युवेन शहरमा गत मिति २६ मर्च, २०११ को दिन शेर्पा संघ, यूरोपको दोश्रो पूर्ण बैठक सम्पन्न भएको थियो। उक्त बैठकद्वारा निम्न निर्णयहरु पारित गरिएको थियो:-
१) प्रथम यूरोपियन भेलाद्वारा अनुमोदित संघको विधानमा सो भेलामा भएको सहमति अनुसार केही आवश्यक दफा तथा उप-दफाहरु थप गरी विधानलाई पूर्णता दिने प्रस्तावमाथि बृहत छलफल भै थप गरिएका दफा तथा उप-दफाहरुलाई सर्वसम्मत पारित गरियो।
२) संघको वेबसाइट यथाशीघ्र खोल्न विभिन्न देशका किदुगहरुको गतिविधि तथा कार्य समितिका पदधिकारीहरुको परिचय अंग्रेजीमा यही आगामि ३१ अप्रिल, २०११ भित्र उपलब्ध गराई सक्ने निर्णय गरियो।
३) संघको कोष खडा गर्नका लागि संघका पदाधिकारी तथा सदस्यहरुबाट यस बैठक भएको मिति देखि ३(तीन) महिनाभित्र निम्नानुसारको रकम उठाउनका लागि सर्वसम्मत निर्णय पारित गरियो।
अध्यक्ष : श्री आङ कल्जाङ लामा - यूरो ५००.००
उपाध्यक्ष: श्री आङ फुला शेर्पा - यूरो ४००.००+१००.०० स्वेच्छिक थप
उपाध्यक्ष: श्री आङ छिरिङ शेर्पा - यूरो ४००.००+१००.०० स्वेच्छिक थप
महासचिव: श्री हेम शेर्पा - यूरो ४००.००
सचिव: श्री पेम्छिरि शेर्पा - यूरो ३००.००
कोषाध्यक्ष: श्रीमती टाशी शेर्पा - यूरो ४००.००
सदस्य: श्री पसाङ तेम्बा शेर्पा - यूरो २००.००+ ३००.०० स्वेच्छिक थप
सदस्य: श्री ङिमा सोनाम शेर्पा - यूरो २००.००+ ५०.०० स्वेच्छिक थप
सदस्य: क्याप्टेन(रि) श्री आङ फुला शेर्पा - २००.००+३००.०० स्वेच्छिक थप
सद्स्य: श्री रिन्छेन साङ्पो शेर्पा -
सदस्य: श्री दावा छिरिङ शेर्पा- यूरो २००.००
सदस्य: श्री तेन्जिङ शेर्पा - यूरो २००.००
सदस्य: श्री मिङमार शेर्पा - यूरो २००.००
सदस्य: श्री पेम्बा छिरि शेर्पा - यूरो २००.००
सदस्य: श्री साना शेर्पा यूरो २००.००
सो कोषको लागि सहयोग गर्नुहुने अन्य महानुभावहरु यस् प्रकार छन्:-
श्री आङ दोर्जी(सोनाम) लामा, अध्यक्ष: शेर्पा किदुग, बेल्जियम- यूरो ५००.००
श्री पासाङ देन्डी शेर्पा, उपाध्यक्ष: शेर्पा किदुग, जर्मनी- यूरो २००.००
श्री ङिमा शेर्पा, कोषाध्यक्ष: शेर्पा किदुग, जर्मनी- यूरो २००.००
श्री पेम्बा दोर्जी शेर्पा, उपाध्यक्ष: शेर्पा किदुग, बेल्जियम - यूरो १००.००
श्री छोङ्बा शेर्पा, जर्मनी - यूरो ५०.००
श्रीमती आङ याङ्डो शेर्पा - यूरो ५०.००
श्री देन्डी लामा, बेल्जियम - यूरो ५०.००
श्री ल्हाक्पा दोर्जी शेर्पा बेल्जियम - यूरो ५०.००
४) बैठक स्थलको प्रबन्ध गरिदिनु भएकोमा श्री आङ दोर्जी(सोनाम)लामा अध्यक्ष तथा शेर्पा किदुग, बेल्जियम परिवारलाई साथै संघको कोष खडा खर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद प्रस्ताव पारित गरिएको थियो।
५) संघको हालसम्मको गतिविधि सम्बन्धि समिक्षा प्रस्तावमाथि छलफल भएको थियो। जसमा श्री जन सेवा नि.मा.वि. चौंला खर्क गा. वि. स. वडा न. २, डुंडा, सोलुखुम्बुमा कक्षा ७ मा अध्यनरत दावा शेर्पालाई कक्षा १२ सम्म अध्ययनको निम्ति सहयोग गर्नुहुने संघका केन्द्रीय सदस्य क्याप्टेन(रि.) श्री अंग फुला शेर्पालाई धन्यवाद प्रस्ताव पारित गरिएको थियो। त्यसै गरी संघको वार्षिक पत्रिका 'यूरोपकी ल्यारिम' को पहिलो अङ्क तथा संघको आर्थिक प्रायोजनमा हिमालयन शेर्पा संस्कृतिक केन्द्रद्वारा प्रकाशित 'शेर्पा गीति संग्रह' माथि समिक्षा गरियो।
बैठकको अध्यक्षता संघका अध्यक्ष श्री आङ कल्जाङ लामाले गर्नु भएको थियो भने संचालन संघका महासचिव श्री हेम शेर्पाले गर्नु भएको थियो। सो बैठकमा शेर्पा किदुग बेल्जियम तथा जर्मनीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। बैठकको समाप्ति पश्चात् सोही दिन सांझ शेर्पा किदुग, बेल्जियमको आमन्त्रणामा सो किदुगद्वारा आयोजित बृहत् लोसार सांझ - २१३८ कार्यक्रममा उपस्थित संघका सम्पूर्ण पदाधिकारीहरु सहभागि भै भर्पूर मनोरन्जन लिएको थियो।
|