
एभरेष्ट ब्यास्क्याम्प जेष्ठ १० गते:
दावा गेल्जेन शेर्पा (कुरिमा): यहि मिति २०६७ साल जेष्ठ ९ गते तदानुसार मे २४ का दिन सोलुखुम्बु जिल्ला कुरिमा क्षेत्रको ११ जना शेर्पा युवाहरुले एकै साथ सगरमाथाको सफल आरोहण गरेको छ। माउण्टेन ट्रिप एभरेषट एकसपेडिसन नामक आरोहण दलमा सहभागी युवाहरु सम्पुर्ण "धर्म पिक शेर्पा कम्युनिटि"का सक्रिय सदस्यहरु रहेको बुझिएको छन भने उक्त टिममा सहाभागी सात जना अमेरिकि नागरिकहरुले पनि शेर्पाको सहायोगमा सफल आरोहण
गरेका छ्न। आरोहि शेर्पाहरुको नामावलि यस प्रकार रहेको छ। दा ओङछु शेर्पा कुरिमा, तार्के शेर्पा कुरिमा,पासाङ गोम्बा शेर्पा कुरिमा, दा-कुसाङ शेर्पा ,कुरिमा, पेमा छिरि शेर्पा कुरिमा, सोनाम छिरिङ शेर्पा कुरिमा, तेम्बा शेर्पा चारुवा,साङगे शेर्पा चारुवा, कर्म गेल्जेन् शेर्पा चारुवा,पासाङ तेन्डि शेर्पा खरिखोला रहेको कुरा सो टिमका मुख्य संचालक दावा ग्येलजेन् शेर्पा (कुरिमा)ले सगरमाथाको आधार सिबिरबाट बताए।
सफल आरोहिहरु जुनको पहिलो हप्ता भित्र काठमाण्डौ आई पुग्ने जानकारी पनि श्री शेर्पाले बताउनु भयो।
www.sherpaworld.com
|