जर्मनी मा शेर्पाहरु द्वारा विधिवत रुपमा " शेर्पा किदुग जर्मनी " को गठन भए लगतै उक्त किदुगको पहिलो कार्यसमितिको पहिलो पूर्ण बैठक अप्रिल २८ क दिन ह्याम्बर्गमा सम्पन्न भएकोछ ! किदुगका अध्यक्ष निमा वोंछु शेर्पा ( सोनाम ) को अध्यक्षतामा सम्पन्न उक्त बैठक ले त्यस अवसरमा युरोप वाशी र अन्य मुलुकहरुमा रहनुभएका सम्पूर्ण शेर्पा समुदाय र संघ संस्था हरु विच मैत्रीपूर्ण सरल र सहज सम्पर्क अभीबृद्दी गर्ने उद्देश्य अनुरुप शेर्पा हरुको विश्व संरचना निर्माण गर्ने पुर्वसहमति लाई छिटै कार्यरूप मा परिणत गर्ने प्रतिवद्धता पनि गरियो र त्यसको लागि तीन सदस्यको एक टोलीको पनि चयन गरिएकोछ ! त्यसै अवसरमा आगामी मे महिनामा विभिन्न नेपाली संघ संगठन हरुको समेत को संयुक्त सहभागिता गराई २५५४औ बुद्ध जयन्ति भव्यताका साथ् मनाउने निर्णय पनि गरियो ! बैठकले "" शेर्पा किदुग जर्मनी "" को विधिवत रुपमा गठन भएको अवसरमा शुभकामना तथा बधाई संदेश दिनु हुने संघ संस्था तथा महानुभाव ज्यु हरुलाई हार्दिक धन्यवाद पनि व्यक्त गरियो ! बुद्ध जयन्ति मनाउने सम्बन्धि जानकारीको निमित्त निम्न उल्लेखित महानुभाव हरु संग सम्पर्क राख्न अनुरोध गरिएकोछ !
अध्यक्ष : निमा वोंछु शेर्पा ( सोनाम ) = 01621046702
उपाध्यक्ष: पासांग देन्डी शेर्पा = 015203378736
महा सचिव : दावा ग्याल्जे शेर्पा = 017622024224
प्रमुख सल्लाहकार आङ् छिरिंग शेर्पा = 0404135388
शेर्पा रेस्टुरेन्ट ( लप्टू लामा शेर्पा ) : 0405577593
स्थान : Felgstrass Dom , Hamburg
मिती : 27 /05 /2010
|