" शेर्पा संघ युरोप " को प्रथम बैठक सम्पन्न !
२५ जुलाई , बेल्जियमको एतिहासिक सुन्दर शहर एन्त्वर्प मा शेर्पा संघ युरोप " को प्रथम बैठक संघका अध्यक्ष श्री आङ् कल्जङ् शेर्पाको अध्यक्षता मा सम्पन्न भएकोछ !बैठकमा नेपाल बाट आउनुभएका अतिथि ज्युहरु श्री आङ् छिरिंग लामा शेर्पा ( सल्लाहकार नेपाल शेर्पा संघ , भू.पु.मन्त्री ) नेपाल शेर्पा संघकाअध्यक्ष पेमा छिरी शेर्पा र छिरिंग शेर्पा ( सल्लाहकार नेपाल शेर्पा संघ ) ज्युको उपस्थिति रहेको थियो ! सो बैठकले संघका भावी योजनाहरुको तर्जुमा गर्नुका साथै नेपालको नयाँ बन्न गैरहेको आगामी संबिधानमा राज्यपुनर्स्थापना समिति द्वारा प्रस्तावित गरेको स्वायत्त प्रदेशहरुलाई समावेश गरि आत्मनिर्णयको अधिकारसहितको राज्यपुनर्स्थापना गरियोस तथा गैर आवासीय नेपालीहरु लाई दोहोरो नागरिकता समेतको अविलम्ब व्यवस्था गरियोस भनि सम्बन्धित निकाय हरुमा ज्ञापन पत्र बुझाउने निर्णय गरियो ! बैठकको अन्त्यमा यस भेलाको सफलताको निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने शेर्पा किदुग बेल्जियम परिवार तथा प्रथम बैठक को लागि सभाकक्ष , खानपिन र व्यस्थापनको प्रायोजन गर्नुहुने संघका केन्द्रिय सदस्य श्री निमा सोनाम शेर्पा ज्युलाई धन्वाद प्रस्तावराखिएको थियो ! बैठकको संचालन संघका महासचिव श्री हेम शेर्पा ज्युले गर्नुभएको थियो !
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस

Email : chandlama@uksherpa.org

|