हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको लोसार गुथुक कार्यक्रम

परम्परागत रुपले लोसारको अवसरमा सबै लोसारप्रेमीहरूको घर घरमा खाइने लोसार गुथुक परिकारलाई सामुहिक रुपमा सामाजिक एकताका साथ मनाउने र शेर्पा समुदायका कला संस्कृतिलाई प्रवद्र्धन गर्न, राष्ट्रिय रुपमा ख्यति कमाएका कलाकारहरू र आम शेर्पाहरूबीच आपसी मैत्रीभाव कायम गर्न तथा शेर्पा समुदायका नव कलाकारहरूलाई प्रोत्साहित गराउने उद्देश्यले विगत ३ बर्षदेखि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले आयोजना गरिदैं आएको लोसार गुथुक साँझ कार्यक्रम यो बर्ष फागुन १९ गते अर्थात छेवा ङिस्यु गु को दिन भव्य रुपमा सम्पन्न भएको छ ।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष याङजी शेर्पाको सभापतित्वमा आयोजित पहिलो सत्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथि संविधान सभाका सभासद जीप छिरिङ लामा रहनुभएको थियो । कार्यक्रममा बिशेष अतिथीदीर्घमा संविधान सभाका सभासद आङ दावा शेर्पा, नेपाल बौद्ध ङिङ्मा संघका महासचिव आचर्य नोर्बु शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष पेमा छिरि शेर्पा रहनुभएको थियो, त्यस्तै गरी नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ काजी शेर्पा, शेर्पा किदुक यू के का महासचिव रिञ्जी शेर्पा, शेर्पा किदुक स्पेनका अध्यक्ष रिन्छेन साङबो शेर्पा, शेर्पा सेवा केन्द्रका अध्यक्ष आङ देण्डी शेर्पा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष फुर्वा छिरि शेर्पा, संघीय लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा, नेपाल शेर्पा बिद्यार्थी मञ्चका अध्यक्ष देण्डी शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका सल्लाहकारहरू आङ देण्डी लामा डिएन, लाक्पुटी शेर्पा, काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष पेम्बा लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रमका अतिथि दीर्घामा रहनुभएको थियो ।
कार्यक्रममा उपस्थित सबै आमन्त्रित अतिथिगण तथा उपस्थित सबैमा शब्दद्धारा स्वागत व्यक्त गर्दै हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका सचिव आङ छिरिङ शेर्पाले यो लोसार गुथुक साँझ कार्यक्रम शेर्पाहरूको परम्परागत मुल्या र मान्यतालाई कायम राख्न तथा शेर्पा नवकलाकारहरूलाई पोत्साहित गर्न महत्वपूर्ण रहेको बताउनुभयो । यसै अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा नियमित तीन महिना सम्मा श्यब्रु प्रशिक्षण पुरा गुर्नुहुने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो भने नियमित प्रशिक्षणमा प्रशिक्षकको भुमिका निर्वाह गर्नहुने संस्थाका सदस्य पासाङ छिरिङ शेर्पालाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । त्यसै गरी हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले इलाममा सम्पन्न गरेको स्यब्रु प्रशिक्षणमा सहभागी भइ सफल प्रशिक्षकको भुमिका निर्वाह गर्नुहने संस्थाका सचिव आङ छिरिङ शेर्पा र सदस्य पासाङ दिकु शेर्पालाई पनि सो अवसरमा सम्मान गरिएको थियो भने लोसार गुथुक साँझ कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने विभिन्न कम्पनी संघ संस्था तथा महानुभावहरूलाई पनि सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो । यसै अवसरमा शेर्पा किदुक युकेले हिमालयन शेर्पा सांस्कृतिक केन्द्रलाई नियमित मासिक रुपमा प्रदान गरिदै आएको सहयोग एक मुस्ट ६ महिनको रू ३० हजार किदुकका महासचिव रिञ्जी शेर्पाले अध्यक्ष याङजी शेर्पालाई हस्तान्तरण गर्नुभएको छ । त्यसै गरी सबै क्षेत्रका शेर्पाहरूद्धारा रचना गरिएको शेर्पा स्यब्रु तथा लोकगीतहरूलाई संकलन गरी हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले तयार गरिएको “नयाँ तथा पूरानो शेर्पा गीति संग्रह” पुस्तकको पनि सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि सभासद जीप छिरिङ लामाले विमोचन गर्नुभएको थियो ।
ज्योति पार्टी प्यालेस कुमारीगालमा आयोजना गरिएको सो कार्यक्रममा धर्मगुरु आचर्य नोर्बु शेर्पाले लोसारको बिषयमा र यस अवसरमा मनाइने लोसार गुथुकको बिषयमा विस्तृत रुपमा सबैलाई जानकारी गराउनुभएको थियो भने अन्य अतिथिहरूले आ–आफ्नो तर्फवाट लोसारको शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै आम शेर्पाहरूको हक अधिकारको लागि र शेर्पा स्वायत्त प्रदेशको सुनिश्चितताको लागि सबै एक जुट हुनुपर्ने कुरामा बढी जोड दिनुभयो । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले लोसारको अवसरमा परम्परागत रुपमा मनाउदै आएको लोसार गुथुकलाई सामुहिक एकतामा मनाउने उद्देश्यले आयोजना गरेको लोसार गुथुक साँझ कार्यक्रम सकरात्मक रहेको भन्दै कार्यक्रमका वक्ता सबैले यस कार्यक्रमको निरन्तर सफलताको शुभकामना व्यक्त गर्नुभयो । औपचारिक कार्यक्रमको समापन गर्नुहुदै हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष याङजी शेर्पाले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबै तथा कार्यक्रममा उपस्थित सबै महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । दोस्रो चराणको सांस्कृतिक कार्यक्रममा संस्थाले उत्पादन गरेका शेर्पा श्यब्रु तथा अन्य लोक नृत्यहरूको साथमा चर्चित कलाकारहरू मिङमा शेर्पा, रोज मोक्तन, एपी शेर्पा, पासाङ टी शेर्पा तथा अन्य नयाँ शेर्पा कलाकारहरूको प्रस्तुतिसँगै सबै उपस्थित महानुभावहरू निकै रमाएका थिए भने सँगसँगै स्वदिष्ट गुथुक परिकार सामुहिक एकतामा खाई लोसार गुथुक साँझ कार्यक्रम भव्य रुपले सम्पन्न गरेको छ ।
--
Thuchichhe
Sherpa Media Group Nepal
Bauddha Tusal Kathmandu Nepal
www.sherpasanchar.com.np
sherpasanchar@gmail.com
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस
Email : chandlama@uksherpa.org


|