बेलायतमा
नेपालीहरुको
जनगणनाबारे
सेमिनार
सम्पन्न
१८ अप्रिल २०१०- सी एन एस यू के र एन आर एन यू के को संयुंक्त आयोजनामा बेलायतमा नेपालीहरुको जनगणनाबारे सेमिनार सम्पन्न भयो l सो सेमिनार को बिसय ' Counting on us: Sharing Results of 'Census' of Nepalese Ethnic Minority in the UK ' थियो l सेमिनार को सुरु को सत्र प्राध्यापक सूर्य सुबेदीको सभापतित्वोमा संचालन भएको थियो I सेमिनार मा सहभागी हरु लाई जनगणना ब्येबस्थापन समितिका संयोजक, एन.आर.एन. यूके का सल्लाहकार तथा यु के शेर्पा किदुगका प्रमुख सल्लहाकार श्री आङ कल्जङ लामाले जनागणना बारे विवरण दिनुका साथै जनगणना क्रममा
भएका समस्य बारेमा जानकारी दिनुएको थियोभने आगमी मार्च २०११ मा संग्युक्त अधिराज्य भेलायतमा हुन गैरहेको जनागनामा सबै नेपालीहरु बीच अभियन चलाउनु पर्ने बारेमा संग्युक्त अधिराज्यमा स्थापित संग्सस्थाहरु ले अभियान नै संचालनको आबस्यकता माथि जोड दिनुहुदै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो l
डा. गोविन्द दाहाल द्वारा तयार पारिएको शोध पत्र 'Genesis/historical perspectives of census of Nepalese Ethnic Minority in the UK' लाई सी एन एस यू के का लोकेन्द्र ढकाल ले प्रस्तुत गर्नु भएको थियो l सो प्रस्तुति मा यू के मा नेपालीहरुको जनगणना किन थालियों भन्ने बारे प्रस्ट पारिएको थियो l जनगणना कसरी सम्पन्न गरियो भन्ने methodology बारे को शोध पत्र सी एन एस यू के का लोकेन्द्र ढकाल ले प्रस्तुत गर्नु भएको थियो l सो प्रस्तुति मा ढकाल ले यू के मा नेपालीहरुको जनगणना गर्नु एउटा कठिन कार्य भएकोले बिबिध किसिम को कार्य बिधि अपनाउनु परेको कुरा प्रस्ट पार्नु भएको थियो l
Demographic and migration overview बारेको शोध पत्र सी एन एस यू के का निर्देशक डा. कृष्ण अधिकारी ले प्रस्तुत गर्नु भएको थियो l सो प्रस्तुति मा डा. अधिकारी ले बेलायेत मा नेपालीहरुको जनसंख्या दिसम्बर ३१, २००८ मा ७२१७३ रहेको कुरा प्रस्ट पार्नु भएको थियो l सो संख्या हाल आएर बढेको र होम ऑफिस को तथ्यांक अनुसार दिसम्बर ३१, २००८ पछि करीब २२००० नेपाली को visa clearance भएको ले गर्दा हाल बेलायेतमा नेपाली हरुको जनसंख्या एक लाख नाघी सकेको अनुमान प्रस्तुत गर्नु भयो l तेस्तै, बेलायेत मा नेपाली हरु ३२६ टाउन/सिटी,, इंग्लैंड, वेल्स, स्कॉट्लैंड र northern Ireland मा छरिएर रहेको तथ्यांक प्रस्तुत गर्नु भयो l
ऑक्सफोर्ड यूनिवेर्सिटी का प्रोफेस्सर डेविड गेल्ल्नरले 'Religiosity and Diaspora Community' भन्ने शोध पत्र प्रस्तुत गर्नु भएको थियो. l सो कार्य पत्र मा धर्म र संस्कार भन्ने कुरा धेरै गहिरो र बुझ्न कठिन बिषय हो भन्दै प्रोफेस्सर गेल्ल्नर ले एक नेपाली एक भन्दा बढ़ी धर्म संग आबद्ध रहेको कुरा प्रस्ट पार्नु भएको थियो l प्रोफेस्सर डेविड गेल्ल्नरको सो प्रस्तुति पछि सी एन एस यू के का डा. चन्द्र लाक्साम्बाले 'Education and Employment' बारेको शोध पत्र प्रस्तुत गर्नु भएको थियो l बेलायेतमा नेपालीहरुको Education, Employment and Skill बारेको तथ्यांक प्रस्तुत गर्दै डा. लाक्साम्बा ले नेपालीहरुको रोजगारी उनिहरुको Education and skill अनुसार हुन नसकेको प्रमुख कारण नेपाली भन्ने पहिचान बेलायेत मा officially स्थापित नभएकोले हो भन्ने कुरा प्रस्ट पार्नु भएको थियो l डा. गोविन्द दाहाल द्वारा तयार पारिएको दोस्रो शोध पत्र 'Population Health' लाई उंहाको अनुपस्थितिमा एन आर एन यू के का यादव श्रेष्ठ ले प्रस्तुत गर्नु भएको थियो l
पहिलो सत्र को शोध पत्र प्रस्तुति को अंत मा सी एन एस यू के का डा. राजु बाबु श्रेष्ठले 'Social Engagement and Integration' भन्ने शोध पत्र प्रस्तुत गर्नु भएको थियो l सो प्रस्तुति मा डा. श्रेष्ठ ले बेलायेत मा नेपालीहरु सामाजिक रुपमा बेलायेती समाज संग कत्तिको घुलमिल भएर बसेका छन, उनिहरु आफुलाई बेलायेत मा सुरछित मान्छन की मान्दैनन, बेलायेती समाज ले नेपालीहरु लाई रोजगारी र अन्य सुबिधाहरु लिन पछेपात गरेको अनुभब व़ा उनिहरुको बुझाई कस्तो छ भन्ने बारे प्रस्ट पार्नु भएको थियो l
जनगणना आयोजना को आये ब्येये को हिसाब किताब सी एन एस यू के का श्री आनंद भंडारीले प्रस्तुत गर्नु भएको थियो l सो आयोजनाको कुल लागत £३१४४४७.00 मद्धे एन आर एन यू के मार्फ़त बिभिन्न संस्थाहरु ले गरेको आर्थिक सहयोग £१२९९२.०० र अन्ये सहयोग मार्फ़त £१४८८.०० रहेको थियो l कुल खर्च मा सी एन एस यू के को voluntary contribution £२४३१२५ साथै अन्ये ब्येक्तिहरुको voluntary contribution £३७८४२ रहेको थियो l बांकी खर्च £१९०००.०० जनगणना को रिपोर्ट publication र Advocacy को लागी राखिएको छ l
कार्येक्रमको दोस्रो सत्र सी एन एस यू के का डा. राजु बाबु श्रेष्ठले सञ्चालन गर्नु भएको थियो l जनगणना सम्पन्न गर्न आर्थिक, भौतिक तथा voluntary सहयोग गर्ने बिभिन्न संघ संस्था र ब्येक्ति हरु गरेर १७२ जनालाई कदर प्रमाणपत्र हस्तांतरण भयो l प्रमाणपत्र बितरण एन आर एन यू के का Ex President Maj. डमर घले र प्राध्यापक सूर्य सुबेदी ले गर्नु भएको थियो l सोही सत्र मा यू के मा हुन गैरहेको २०११ को जनगणना को लागी awareness campaign को आबस्येकता बारे डा. चन्द्र लक्सम्बाले प्रकाश पार्नु भएको थियो.
सेमिनार को प्रमुख बक्ताको रुपमा प्राध्यापक सूर्य सुबेदीले यू के मा नेपालीहरुको जनगणनाको ऐतिहासिक महत्तो हुने र येस्तो कार्य को सम्पूर्ण बेलायेतबासी नेपालीहरुले सराहना गर्नुपर्ने कुरा बताउनु भयो l कार्येक्रममा एन आर एन यू के का सभापति सुर्य गुरुंगले जनगणनामा सहयोग गर्नुहुने संपूर्ण संघ संस्था र ब्येक्तिहरु लाई धन्येबाद ज्ञापन गर्नु साथै जनगणना ब्येबस्थापन समिति का संयोजक श्री आङ काल्जङ लामा तथा सी एन एस यू के का भुत्पुर्ब निर्देसक डा.गोविन्द दाहाल लाई बिशेस रुपमा धन्येबाद ज्ञापन गर्नु भएको थियो l दोस्रो सत्रको अन्तमा कार्येक्रम औपचारिक रुपमा समापन भएको घोसणा गर्दै सी एन एस यू के का निर्देसक डा. कृष्ण अधिकारीले हामी बेलायतमा आएका पहिलो पुस्ताका नेपालीले बेलायतमा नेपालीहरुको भाबिस्याको लागी धेरै गर्नु पर्ने कुरा उल्लेख घर्नु भएको समाचार प्राप्त भएको छ I
|