आदिबासी जनजाति महासंघको ७ औं महाधिवेशन उदघाटन 

काठमाडौं, चैत २१ - संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संघीयता र धर्मनिरपेक्षताबाट अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन्। 'यसलाई कसरी संस्थागत गर्ने भन्नेतर्फ पहल गरिनुपर्छ', आदिबासी जनजाति महासंघको ७ औं महाधिवेशन उदघाटन गर्दै नेम्वाले भने- 'अब मुलुक संघीयता र धर्मनिरपेक्षताबाट पछाडि फर्किन सक्दैन।' संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आदिबासी जनजातिको भूमिका महत्वपूर्ण हुने  अध्यक्ष नेम्वाङले बताए। महासंघका संस्थापक महासचिव सुरेश आलेले पुन हिन्दू राज्यमा फर्कनुपर्छ भन्ने र संघीयताको विरोध गर्नेहरु प्रतिगामी भएको आरोप लगाए। संविधानसभाभित्रको जनजाती सभासदहरुको सञ्जाल संयोजक वर्षमान पुनले नयाँ संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न जोडदार आवाज उठाउने बताए। बिभिन्न मागहरु  को ब्यानर बोकेको सयौ आदीबासीहरु आ-आफ्नो जातीय पोशाकमा राजधानीको सुन्धारामा भेला भै नारा जुलुससहितको र्‍याली भ्रिकुटीमाण्डप स्थित सभा हलमा परिणत भएको थियो।

  

All Photo Tshering Tenjing sherpa
 
 
www.sherpaworld.com



 


 

 
 
                                                         
 
Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama