कपिलबस्तु दिवस अभियान विस्व कार्यसमिति  गठन

नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भ १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले अन्तरराष्ट्रिय जगत सामू ल्याउने कार्य गरेको  कारण उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिइनु आबस्यक देखिएको र त्यस्तो निर्णयको कारण यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सकिने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्णय गरिएको थियो  बिस्वभरि छरिएर रहेका नेपाली बुद्धिजीबिको पहलकदमीमा गत बर्षदेखि । संभाबित अधिकाधिक कार्यक्रम मार्फत बढीभन्दा बढी जन सहभागिता जुटाएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, नक्कली कपिलबस्तु लगायत बिभिन्न गतिबिधिका कारण बुद्धको जन्मस्थलबारे सिर्जित बिस्वब्यापी भ्रम निस्तेज पार्न प्रयासरत रहनु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु जस्ता उद्धेस्यहरु लिएर शुरु गरिएको यस अभियानलाई संस्थागत गर्न रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा पछि दुइ जना थपी २१ जना पुर्याउने गरी हाललाई १९ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समिती गठन गरिएको छ ।  समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा), बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड), भानु पौड्याल, संयोजक (क्यानडा), बिनय शाह, संयोजक (हङकङ), चन्द्र राई, संयोजक (क्यानडा), डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान), हरि नेपाली, संयोजक (कतार), लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल) लक्ष्मण पुरी, संयोजक (नेपाल), लक्ष्मी सिंखडा, संयोजक (अमेरिका),ओम गुरुङ, संयोजक (जापान), राज श्रेष्ठ, संयोजक (नेपाल),रामहरि श्रेष्ठ, संयोजक (वेलायत), सन्तोष न्यौपाने, संयोजक (बेल्जियम), सानु घिमिरे, संयोजक (अस्ट्रेलिया), शैलेश श्रेष्ठ, संयोजक (अमेरिका), शम्भु कट्टेल, संयोजक (अमेरिका), र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) छन ।

अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी नौ जनाको सेक्रेटरियटको ब्यबस्था गरिएको छ, जस अनुसार बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई/अबि शर्मा (क्यानडा हेर्ने), र अर्को ब्यबस्था नहुन्जेलसम्मको लागि सन्तोष न्यौपाने (यूरोप हेर्ने) । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहनेछ ।
बुद्ध सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव, दार्शनिक  भएकाले उनी संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएका छन जस्ले ज्ञान र प्रेमको शान्तिप्रिय माध्यमबाट युगौँदेखिको हिंसावादी अन्धसंस्कृतिलाई जनमानसबाट फाली नयाँ लौकिक दृष्टिकोण स्थापना गरेका थिए र उन्का सन्देशहरु दिन प्रतिदिन झन झन सान्दर्भिक र अझ बढी महत्व पाउनु पर्ने महसूस संपूर्ण मानब मात्रले गरेका छन । बुद्धको यही बिस्वब्यापी महत्व र आदरबाट लालायितहरुले बुद्धको नामबाट नाजायज फायदा लिनका लागि बिस्वभरि नै बुद्ध भारतमा जन्मेको भन्ने किसिमले यतिसम्म दिग्भ्रमित तुल्याइसकेका छन कि अधिकांश देशका पाठ्य पुस्तकमा बुद्ध भारतमा जन्मेको भन्ने कुरा उल्लेख गर्ने बातावरण सिर्जना भैसकेको छ र भारत सरकारले आधिकारिक रुपमा यस्मा आफ्नो संलग्नता नदेखाए तापनि करोडौं रुपयाँ खर्च गरेर सन २०१२ सम्ममा पुरा गर्ने गरी नक्कली कपिलबस्तु निर्माणको अधिकांश कार्य समेत पुरा गरिसकेको छ । यिनै कारणले गर्दा गुगलमा बुद्धको जन्म स्थान भारतमा देखाउने (कपिलबस्तु दिवस अभियान र अन्य केही समूहद्धारा गरिएको बिरोधअको कारण अहिले गुगलले यस्मा सच्याएको छ), PBS जस्तो ठूलो कम्पनीले भिडिओहरु निर्माण गर्दा राजकुमार सिद्धार्थलाई भारतको भन्ने जस्ता गल्तीहरु गरेको पाइएकोले दिग्भ्रमित बिस्व जनताका बीच यथार्थ कुरा लैजाने जस्तो चुनौतिपूर्ण कार्य पनि यस अभियानको एउटा प्रमुख उद्धेस्य भएको कारण यस उद्धेस्य पूर्तिका लागि भानु पौड्याललाई बिशेष संयोजकको रुपमा चयन गरिएको छ ।

अभियानको उद्धेस्य प्राप्तीको लागि राष्ट्रिय अन्तरराष्ट्रिय सर्ब पक्षीय सहयोग र सदभाबलाई सहज बनाउन हाललाई ५ जना नेपाली र दुई जना बिदेशी गरी सात जनाको सल्लाहकार समिति बनाइएको छ जस अनुसार एनेकपा माओबादीका तर्फबाट मलेशियाका लागि राजदूत महामहिम डा ऋषि अधिकारी, नेकाका तर्फबाट संबिधान सभाका सदस्य तथा सांसद डा आरजु देउबा राणा, एमालेका तर्फबाट पूर्व मन्त्री तथा पार्टी केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, बुद्धिजीबिका तर्फबाट डा कबिताराम श्रेष्ठ र उद्योग ब्याबसायीका तर्फबाट अस्ट्रेलियाको न्यू साउथ वेल्सका कन्सुलर जनरल महामहिम दीपक खडका हुनुहुन्छ भने बिदेशीहरुमा पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धार्मिक शिक्षकहरुको संजाल फैल्याउन सक्षम केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेण्टरका संस्थापक अमेरिकी Agni Frank Eickermann र White Conch Dharma Center का आध्यात्मिक निर्देशिका  अमेरिकाकी Domo Geshe Rinpoche हुनुहुन्छ र अभियानका लागि उपयुक्त ब्यक्तिहरुलाई सल्लाहकार समितिमा पछि थपिन सकिनेछ । त्यसरी नै कपिलबस्तुका सांसदहरु र लुम्बिनी बिकास कोषका प्रमुखहरुलाई पदेन सल्लाहकारको रुपमा राखिनेछ ।

कपिलबस्तु दिवस अभियानले जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गरेर त्यस्लाई सुधार्न लगाउने, आफ्नो ब्लग मार्फत यस किसिमका भ्रमहरुलाई निस्तेज पार्न सक्दो प्रयास गर्ने, PBS ले बुद्धका बारे गलत जानकारी सहित भिडिओ निकाल्न लागेकोमा बिरोध गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । र यस्तो संबेदनशील बिषयमा नेपाल सरकार, संचारकर्मी, बुद्धिजीबि र संपूर्ण नेपालीलाई यथोचित ध्यान दिन र यस किसिमका गतिबिधिमा सक्दो सहयोग गर्न कपिलबस्तु दिबस अभियान हार्दिक अनुरोध गर्दछ ।


 

 

 
 
 

 

 
Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama