आस्फोर्ट केन्ट
यही ७ अगस्त मा यू के शेर्पा किदुग सब- कमिटी केन्टले एक भेटघाट कार्यक्रम गरेको थियो । उक्त कार्यक्रम बाहिर गर्ने योजना भए पनि मौसमको कारणले गर्दा हलमा नै गरेको थियो। सो कर्यक्रममा प्राय सबै केन्ट बासीहरु भेला भएको थियो। कार्यक्रमको सुरुमा उपाध्यक्ष श्री फुर्बा शेर्पाले फाएर सेफ्टिको बारेमा जानकारी गराउंदै उपस्थित सबैलाई कर्यक्रमा स्वागत गर्नु भएको थियो। कार्यक्रममा सब कमिटिका अध्यक्ष श्री नीमा शेर्पाले कमिटिले गर्दै आएको सम सामहिक बिषयमा सबैलाई जानकारी गर्दै सो संघका लागि सल्लाहकरमा श्री फुर्बा शेर्पा लामा र अर्का फुर्बा शेर्पालाई मनोनित गरेको थियो। नयाँ सल्लाहकारहरुलाई यू के शेर्पा किदुगका अध्यक्ष श्री गोम्बा शेर्पाले खादा लगाइ बधाई दिनु भएको थियो। कार्यक्रममा अध्यक्ष श्री नीमा शेर्पाले अहीले सम्म यू के शेर्पा किदुगलाई भिबिन्न सस्क्रितिक कार्यक्रममा भाग लिइ सहयोग गर्नु हुने कलाकारहरु सैमन शेर्पा, छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, नीमा शेर्पा, नेलीमा शेर्पा, निकिता शेर्पा, रीना शेर्पा, लाक्पा शेर्पा, दिकु शेर्पा, मिना शेर्पा,लाई खादा लगाइ पुरस्कार समेत दिनु भएको थियो र भविष्य पनि नानीहरुको सहयोगको जरुरी पर्ने र सक्दो सहयोगको लागि अनुरोध समेत गर्नु भएको थियो। सोही अबसरमा उपस्थित सबैलाई जानकारी गर्दै यही अगस्ट महिनाको अन्तिमदेखी इच्छुक सबैलाई शेर्पा भाषा, धर्म, कला र सस्क्रिति बारेमा क्लास राख्ने पनि जानकारी गर्नु भएको थियो। कार्यक्रममा यू के शेर्पा किदुगका महासचिब श्री रिन्जी शेर्पाले हाल बर्खरै गठन भएको शेर्पा संघ यूरोपको बारेमा सबलाई जानकारी गर्नु भएको थियो। कार्यक्रममा महिला तथा नानीहरुको लागि म्युजिकल चियर खेल समेत राखी सबैलाई मनोरन्जन पुराइको थियो। कार्यक्रम सब कमिटिका कोष- अध्यक्ष श्री निम्तेनजी शेर्पाले सन्चालन गर्नु भएको थियो। सो कार्यक्रम दिउसो १२ बजे देखि बेलुकी ११ बजे सम्म भएको थियो।
: रिन्जी शेर्पा (आस्फोर्ड केन्ट)
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस

Email : chandlama@uksherpa.org

|