युके शेर्पा किदुगको को बैठक‏

 

१० अप्रिल् , केन्ट आशफोर्डमा युके शेर्पा किदुगको बैठक संस्थाको अध्यक्ष श्री गोम्बा पिनासा  शेर्पाको  अध्यक्षतामा सम्पन्न भएकोछ । संस्थाका महासचिव श्री रिन्जी टकतोक शेर्पाले बैठकमा  उपस्थितिहरुलाई हार्दिक् स्वागत गरे पछि  कार्यक्रम अगाडी बढेको थियो । कार्यक्रमको प्रथम चरणमा संस्थाका कोषाध्यक्ष श्री साना गोपर्मा शेर्पाले आयब्यया  पढेर सुनाउनुका साथै सदश्यताको नबिकरन  र लाइफ् मेम्बरको  जानकारी गर्नु भएको थियो । यूके शेर्पा किदुग, आश्फोर्ड् शाखका अध्यक्षा निमा टाक्तोक शेर्पाले यस बर्षाको लोसार कार्यक्रमको  रिपोर्ट पेस गर्नु भएको थियो भने भबिश्यमा अझ यसलाई ससक्त र प्रभाबकारी रुपमा कसरी गर्न सकिन्छ र बिशेष नयाँ पिढिहरुलाई कसरी बढी संलग्न गर्न सकिन्छ भन्ने बारे आ -आफ्नो धारणा राखिएको थियो । सास्कृतिक सचिब कमानसिङ लामा शेर्पाले नेपाल राज्दुतबासमा भाईरहेको गतिबिधीको बारेमा सशिप्त जानकारी गरेको थियो भने   बुध्द जयन्ती , फाँगि पर्ब साथै बिबिध बिषय माथि छलफल गरी बर्षा भरिको कार्य तालिका पारीत गर्नुको साथै फाँ गि पर्ब कार्यक्रम ३१, तारिख जुलाईमा गर्ने पनि बैठक ले पारीत गर्‍यो । फाँ गि पर्बको  लागि सांस्कृतिक सचिब कमन सिङ लामा शेर्पा, फुर्बा शेर्पा र पासाङ गोपर्मा शेर्पाको सम्योजकमा हुने पनि बैठकले सर्बसम्मत पास गर्‍यो । महासचिब रिन्जी ताक्तोकले नेपाल शेर्पा संघ , हिमालयन कल्चर सेन्टर नेपालको गतिबिधिको बारेमा र म्रिगौला बिरामी नोर्साङ शेर्पाको बारेमा पनि जानकारी गराएको थियो।         
कार्यक्रमको अन्तमा अध्यक्ष श्री गोम्बा पिनासा शेर्पाले यस बर्षाको लोसार लावाहरु ( सम्योजक)हरुलाई हार्दिक धन्यवाद दिंदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सदश्य हरुमा र कार्यक्रममा सहभागी भै सफल बनाउनु हुने सबै प्रती हार्दिक आभार ब्यक्त गर्दै बैठक बिसर्जन गरिएको थियो ।

 

 

 

 

 

 

 

                                           

 

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                  

 

                                                                                                

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama