लन्डन मेलामा यु के शेर्पा किदुग् सहभागिता
लन्डन । ४ सेप्टेम्बर आइतबार गनर्सवरी पार्कमा आयोजित विशाल लन्डन् मेलामा नेपाली दूतावासले दोश्रो पटक सहभागिता जनाएर नेपाली कला संस्कृति एवं पहिचान विश्वसामू चिनाउने काम गरेको छ ।
दक्षिण एसियाली संस्कृति झल्काउने वृहत सो मेलामा यसवर्ष नेपाली राजदूतावासको दोस्रो पटक् सहभागिता हो । राजदूत डा सुरेश्चन्द्र चालिसेले गत वर्ष भन्दा यसपटक नेपाली दूतावासको प्रदर्शन व्यवस्थित र प्रभावकारी भएको पनि बताए । दूतावासको स्टलमा विदेशीहरुलाई नेपाल पर्यटन वर्ष अभियानमा टेवा पुग्ने खालका सामाग्रीहरु राखिएका थिए ।

क्लासिकल स्टेजमा शेर्पा, लिम्बु नेवारी, तमु ,नौमती बाजा, कोशेली समूहले नेपाली मौलिक नृत्य साथै नेपाली कल्चरल फेशन शो समेत प्रस्तुति गरियो । झरीले गर्दा दर्शक सहभागिता अलिक कम रहेपनि बेलुकि समय भने दर्शकहरुको घुइचो निकै बढेको थियो ।
मेलामा दक्षिण एसियाली कला संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति, खाना, भेषभुषा, संगीत आदि समावेश गरिएको थियो । सो अवसरमा राजदूतबासले दक्षिण एसियाली कुतनीतिज्ञहरुका लागि एक रिसेप्सन समेत आयोजना गरे । सो रिसेप्सनमा एक्टिङ इन्डियन असिस्टेन्ट हाइ कमिश्नर, हाइ कमिश्नर अफ बंगलादेश, इलिङ मेयर, काउन्सिलरहरु लगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
दूतावासका सेक्रेटरी प्रशान्त कुंवरले संयोजन गरेको सो मेलामा यु के शेर्पा किदुग् का तर्फबाट अध्यक्ष गोम्बा पिनासा शेर्पा, महासचिब् रिन्जी टाक्तोक् शेर्पा,सांस्कृतिक सचिब् कर्मा छिरिङ् लामा शेर्पा, कलाकारहरुमा ,दिकु, निलिमा,ङिमा,निकिता र मिङ्मा शेर्पाले भाग् लिएका थिए भने अन्य सदस्यहरुको पनि मनग्य उपस्थिति रहेको थियो।
मेलामा ९० हज्जार् भन्दा बढि दर्शकहरुको सहभागिता रहेको आयोजक ले बताए।
यु के शेर्पा किदुग्
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस
Email : chandlama@uksherpa.org


|