
लण्डनको पुर्बी शहर आश्फोर्ड केन्ट्मा १२ मार्च २०११ का दिन यूके शेर्पा किदुगको आयोजनामा लोसार कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । यूके शेर्पा किदुगका अध्यक्ष गोम्बा पिनासा शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लण्डनका लागि महामहिम राजदूत डा सुरेशचन्द्र चालिसे ज्यूले प्रमुख अतिथिको आसनग्रहण गर्नु भएको थियो भने अन्य अतिथिहरुमा किराँत याक्थुम चुम्लुंग यूकेका अध्यक्षा डम्मर लिम्बू, बुद्धिस्ट कम्मुनिटी सेन्टर यूकेका अध्यक्षा काजी शेर्पा, गुरुङ संघका अध्यक्षा चित्र गुरुङ, युरोप शेर्पा संघका अध्यक्षा आंगकल्जंग लामा शेर्पा, तामांग संघ यूकेको प्रतिनिधि शान्ति तामांग, रुम्जाटार समाजका अध्यक्षा संतोष घले, सगरमाथा गोर्खा कम्मुनिटिका अध्यकक्षा नरेन्द्र कुमार लिम्बु ,याल्मो समाजका महासचिब ल्हटुल याल्मो र किदुगका सल्ल्हकार डाक्टर नवांग शेर्पा , क्याप्टेन आंगफुला शेर्पा ,फुर्बा शेर्पाको उपस्थिति रहेको थिए |

कार्यक्रमको पहिलो चरणमा जापानमा भुकम्पाले ल्याएको सुनामीको कारण ठुलो धन्जन्को छ्यतिप्रति २ मिनेट मौन धारण गरि समबेदना प्रकट गरिएको थियो। त्यस पश्चात संस्थाको उपध्यक्षा दावासोनाम शेर्पाको स्वागत मन्तब्यको साथै कार्यक्रम अगाडी बढेको थियो | शुभकामना मन्तब्य दिने क्रममा प्रमुख अतिथि डा सुरेशचन्द्र चालिसेले कला, संस्कृति, धर्म र भाषाका धनि मानिने शेर्पा जातिहरु विश्वमा जहाँ गए पनि कुनै सरकारी सहयोग बेगर आफ्नै संस्थाको प्रयासमा यस्तो भब्य कार्यक्रम गरि कला, संस्कृति, धर्म र मौलिक पहिचान बचाई राखेकोमा प्रसंसा गर्नु भयो ।साथै विदेशमा सिकेका कलालाई स्वदेशमा लगि लगानी गर्नु पर्नेमा पनि जोड दिनु भएको थियो । अध्यक्षा गोम्बा पिनासा शेर्पाको लोसार शुभकामना साथै नेपाल एम्बेस्सी लाई लोसार शुभकामना साँझ राखन पनि सुझाब दिनु भएको थियो । यस वर्षा बिधावारिधि गर्ने दावा वाङ्दी गर्जा शेर्पा, मिलन टाक्थोक शेर्पा, केसांगवोङ्मु लामा शेर्पा, सोनाम शेर्पा, शेर्पा गायक छोंग्बा शेर्पा र यूनाइटेड फूटबल क्लब १५ बर्ष मुनिको उत्कृष्ट फूटबल खेलाडी देनदी शेर्पालाई संस्थाको तर्फबाट प्रसंसा पत्र प्रदान गरिएको थियो भने आजीवन सदश्य, होनोररी सदश्य र सिनिअर सदश्यहरुलाई खादा लगाई पहिलो चरणको कार्यक्रम अन्त भएको थियो ।

दोश्रो चरणमा प्रवेश गरेको उक्त कार्यक्रममा दाक्पी लोसार (सबैको लोसार ) छोंग्बा शेर्पाको लाइभ गीतमा नानीहरुको रोचक नृत्य प्रस्तुत गरिएको थियो । यसै गरि सेप्रू डान्स यासी मण्डेला (उकालिको यात्रुहरु) र साथमा बिबिध नेपाली संस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने बीचमा मनोरन्जन्को लागि राफल ड्रको पनि ब्यबस्थ गरिएको थियो । विभिन्न मनोरणजनात्मक गतिविधिहरुको साथमा लाइब सोंग तसिदेलेक (नमस्ते ) आफ्नै अल्बमको गित गाएर संस्थाको संस्कृतिक सचिब कर्म छिरिंग लामा शेर्पा र छोंग्बा शेर्पाले पनि आफ्नै अल्बमको गित गाएर दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए । त्यस्तै संस्थाको सचिब चाद लामाको गोरी गोरी गीतको भाकाले दर्शकहरुले कम्मर भांची भांची रमाउन सम्म रमाए भने त्यस्तै आंग देन्डी शेर्पाको टिपिकल शेर्पा गीतले त मानौ कुनै शेर्पा बस्तीमा रमेको महसुस हुन्थ्यो । दोस्रो चरणको कार्यक्रम सांस्कृतिक सचिब आश्फोर्ड् को लागि निमा टक्थोकले चलाएको थियो । भाग लिने कलाकारहरुमा आङ्फुर्बा ,माया, दिकु, निलिमा, निकिता, ङिमा, आङ्दावा, बिशाल, संगिता, लाक्पा, जाङ्मु ,केजोम, मिना, दावाग्यल्मो, आङ्दावा, पासाङ्छोटी, निबन, सोनाम, ग्याल्बो, मिङ्मा, पेमछिरी, लमु, मिङ्मा, लाक्पा र छोङ्बा शेर्पा थिए ।
यस्तै गरी बिबिध मनोरन्जनात्मक कार्यक्रमको साथमा शेर्पाहरुको आँउने फाङि पर्वमा पुनह भेट्ने बाचा सहित् करिब् १२ बजे कार्यक्रम अन्त्य भयो ।
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस

Email : chandlama@uksherpa.org

|