यू के शेर्पा किदुग लोसार २१३७


यू के शेर्पा किदुगले यही १४ फेब्रुअरीका दिन लण्डनको अल्पर्टन कम्युनिटी हलमा ३१३७ तक्लो लोसर भब्यरुपले मनाएको थियो।प्रथम चरनको कार्यक्रम दिउसो ४ बजेदेखी लामा श्री पासाङ नुरु शेर्पाले बिधिपूवक साँग सेर्खिम शुरु गरी ५:३० मा सक्नुभएकोको थियो।
दोस्रो चरनको कार्यक्रम किदुगको औपचारिक कार्यक्रम बेलुकी ६:१० मा सुरु गरी ७:२०मा सकिएको थियो। सो कार्यक्रम किदुगको पुरानै कार्यसमितिले गर्ने निर्णय भएकोले गर्दा सँघका अध्यक्ष श्री आङ काल्जाङ लामाको अध्यक्षातामा सम्पन्न भएको थियो।
सो कार्यक्रमका पर्मूख अतिथी लण्डनका लागि नेपाली राजदुत डा. सुरेश चन्द्र चालिसे हुनु हुन्थ्यो भने अन्य अथितिहरुमा श्री सुबास सिंह गुरुङ तमुधी यू के, श्री काजी शेर्पा बुद्दिष्ट कम्युनिटी सेन्टर यू के , श्री सानु लामा ह्योल्मो समाज यू के , श्री फुर्बा शेर्पा भोजपुर जनजाती महासँग उपा अध्यक्ष , श्री निमा शेर्पा किदुग सब कमिटी केन्ट हुनु हुन्थ्यो।
कार्यक्रममा यू के शेर्पा किदुगको उपाध्यक्ष श्री गोम्बा शेर्पाले उपस्थित सबैलाई स्वागत मन्तब्या दिनु भएको थियो। सोही कार्यक्रममा बुदिस्ट कम्युनिटीका अध्यक्ष तथा किदुगका सलहकार श्री काजी शेर्पाले २००८/२०१० सम्मका कार्यसमितिलाई खादा लगाइ धन्यवाद सहित बिदाइ गर्नु भएको थियो। श्री काजी शेर्पा लाई सहयोग गर्ने मा श्री साना शेर्पा तथा श्रीमती पेमाजङ शेर्पा हुनु हुन्थ्यो। साथै नयाँ कार्यसमिती २०१०/२०१२ लाई नि बर्तमान अध्यक्ष श्री आङ कालजाङ लामाले खादा लगाई स्वागत तथा बधाई दिनु भएको थियो। उहा लाई साथ दिनु हुने किदुग सब कमिटीका अध्यक्ष श्री निमा शेर्पा हुनु हुन्थ्यो।त्यसै गरी प्रमुख अतिथी डा. सुरेश चन्द्र चलिसे ले नया आजिबन सदस्यहरुललाई ब्याच बितरन गर्नुका साथै शुभकामना मन्तब्या दिनु भएको थियो।औपचरिक् कर्यक्रम संघका महसचिब श्री रिन्जि शेर्पले सन्चालन गर्नु भयेको थियो यसरीअन्तमा कार्यक्रमका अध्यक्ष श्री आङ कालजङ लामाले लोसार कुनै जाती बिशेषको पर्ब नभै राष्ट्रिय पर्ब भएको जानकारी गराउनु भएको थियो भने सबै लोसार प्रेमी शुभ चिन्तक हरुलाई शुभ कामना मन्तब्यका साथ किदुगका औपचारिक कार्यक्रम समाप्त भएको जानकारी गराउनु भएको थियो।
तेस्रो चरनको कार्यक्रम साँस्कृतिक सचिब श्री कमान सिङ(कर्मा छिरीङ )लामाले संचालन गर्नु भएको थियो ।
सो कार्यक्रममा अश्फोर्ड का लागि साँस्कृतिक सचिब श्री निमा शेर्पाको सकृयतामा एक शेर्पा स्याप्रु नाच र दुई नेपाली नृत्य प्रस्तुत गराउनु भएको थियो भने लण्डन बाट श्री कमान सिङ लामाको सकृयतामा शेर्पा श्याप्रु नाचका साथै नेपाली नाच प्रस्तुत गर्नु भएको थियो। शेर्पा गायककार छोङ्बा शेर्पाको मिठो शेर्पा गीतले सबैलाई मनोरन्जन दिलाएको थियो भने गायक श्री बिक्की शाहीले नेपाली गित गाएर मनोरन्जन दिएका थिए । अश्फोर्ड केन्टबाट न्रूत्यकारहरुमा साइमान शेर्पा, दिकु शेर्पा, रीना शेर्पा, लाक्पा शेर्पा,तेन्जिङ शेर्पा,छिरिङ्ग शेर्पा, लक्ष्मी शेर्पा र मीना शेर्पा हुनु हुन्त्यो भने त्यसैगरी लण्डनबाट नृत्यमा सहभागी हुनेहरु श्रीमति पासाङ्ग छोटी शेर्पा ,मनिता गुरुङ्ग , सृजना थापा ,पासाङग शेर्पा ,आङ दावा शेर्पा(चेवा),टाशी लामा ,तेन्जिङ लामा ,छोवाङ्ग शेर्पा ,लाक्पा गेलु शेर्पा ,निमा शेर्पा ,निमा छ्युमू शेर्पा ,पासाङ्ग शेर्पा साथै कमान सिङ लामा हुनु हुन्थ्यो।
चौथो चरानको कार्यक्रममा लोसर २१३७ का आयोजकहरुलाई लामा श्री पासँग नुरु शेर्पा,सब कमिटीका उपा- अध्यक्ष श्री फुर्बा शेर्पा र अन्य सहयोगिका साथ परम्परा अनुसार खादा लगाएर धन्यवाद दिनु भएको थियो आयोजक समितिमा सन्योजक श्री आङ काल्जाङ लामाका साथ श्री पासँग गोपर्मा शेर्पा, श्री सोन लाक्पा लामा शेर्पा, श्रीमती जाङ मु लामा शेर्पा, श्रीमती पसी शेर्पा,श्रीमती पासँग शेर्पा,श्रीमती पेमाजाङ शेर्पा,श्रीमती मेदा लमु शेर्पा, श्री मती फुलमाया शेर्पा श्री मती डोमा लामा र श्री पेम्बा शेर्पा हुनु हुन्थ्यो। साथै २१३८ लोसर अश्फोर्ड केन्टमा हुने र आयोजक समिती समेटा गठन गरी खदा लगै स्वर्गे गरिएको थियो। आयोजक समितिमा सन्योजाक सब कमिटीका अध्यक्षा श्री निमा शेर्पाका साथ श्री निम्तेन्जी शेर्पा श्री निमा तेम्बा शेर्पा, श्री फुर्बा शेर्पा र श्री दवा शेर्पा रहनु भएको थियो।
सोही कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्री गोम्बा शेर्पाले पुरनो कार्यसमिती लगयात लोसर आयोजक कमिटी ,लोसर कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नु हुने सबै लोसर शुभ चिन्तकहरुलाइ नयाँ कार्यसमितिको तर्फबाट धन्यबद तथा शुभकामना मन्तब्या दिनु भएको थियो । सँघका महासचिब श्री रिन्जी शेर्पाले राफल चिट्ठाको कार्यक्रम सम्पन्न गरी अन्यमा सामुहिक नाचगान (डि जे)शत्रका साथ राती ११:०० बजे कार्यक्रम सकिएको थियो।

 

           यूके शेर्पा किदुक
                        यूके

                                                                                                                                                                                                           Back To Home