लुम्बिनी बिकास कोषको सदस्य सचिव पदमा शेर्पा नियुक्त

गठबन्धन सरकारको हालै बसेको मन्त्रि परिसदको निर्णयले बिभिन्न बिभागहरुमा सामबेशि पद पुर्ति गरेका छन। यसै गरि लुम्बिनि बिकास कोषको सदस्य सचिव पदमा आचार्य  कर्मा साङपो शेर्पालाई  नियुक्त गरेको छन। दोलखा जिल्ला बिगु गा बि स स्थाई घर भएको आचार्य शेर्पा नेपाल बौद्ध महासंघका महा सचिव समेत हुनु हुन्छ। बिगतलामो समयदेखि गैर बौद्ध धर्मवलम्विहरुले पदभर सम्हालदै आएको लुम्बिनि बिकास कोषमा गठबन्धन सरकारले पहिलो पटक बौद्धमार्गि समुदायको ब्यक्तिलाई नियुक्त गरिएको हो।