युके शेर्पा किदुगको को बैठक सम्पन्न युके
२६ सेप्टेम्बार , केन्ट आशफोर्डमा युके शेर्पा किदुगको दोस्रो बैठक संस्थाको अध्यक्ष श्री गोम्बा पिनासा शेर्पाको अध्यक्षतामा सम्पन्न भएकोछ . संस्थाका महासचिव श्री रिन्जी टकतोक शेर्पाले बैठकमा उपस्थितिहरुलाई स्वागत तथा धन्यबाद दिए पछि कार्यक्रम अगाडी बढेको थियो . कार्यक्रमको प्रथम चरणमा संस्थाका कोषाध्यक्ष श्री साना गोपर्मा शेर्पाले आयब्या पढेर सुनाउनु भएको थियो भने उपाध्यक्ष्य श्री दावासोनाम लामा शेर्पाले फांगी कार्यक्रमको हिसाबकिताब पेस गर्नुभएको थियो . संस्थाका अध्यक्ष श्री गोम्बा शेर्पाले युकेका शेर्पा समुदायको भाषा , संस्कृति तथा कला र आफ्नो मौलिकपनालाई जीवन्त राख्दै यस संस्थाले बिबिध कार्यक्रम गर्दै आएको र आर्थिक रुपमा हिमालयन शेर्पा सास्कृतिक केन्द्र नेपाललाई पनि सहयोग गर्दै आइरहेको जानकारी गराउनु भयो . हालमा शेर्पाहरुको बाक्लो बसोबास रहेको लण्डनको पुर्बी शहर आशफोर्ड केन्टमा शेर्पा भाषा प्रशिक्षण गत अगस्त महिनाको २८ तारिखबाट सुरु भएको जानकारी पनि दिनु भयो . प्रशिक्षण दिनको लागि लामा पासांग नुरु शेर्पा ज्युलाई बैठकले औपचारिकरुपमा प्रस्ताब पास गरेको छ . आसफोर्ड केन्ट , शेर्पा किदुग शाखाका अध्यक्ष श्री निमा लामा शेर्पाले अहिले सम्मको संक्षिप्तरुपमा यस शाखाले गरेका गतिबिबिधिको बारेमा प्रकाश पर्नु भएको थियो भने युरोपियन शेर्पा संघका अध्यक्ष श्री आंग कल्जांग लामा शेर्पाले युरोपियन शेर्पा संघको उदेश्य साथै निकट भविष्यका कार्ययोजना माथि प्रकाश पार्नु भएको थियो . बैठकमा श्री कर्मा सिंग लामा शेर्पाले सिक्किम देजोंग शेर्पा एसोसिएसनले शिक्षा क्षेत्रमा गरेका प्रगति र समस्याका बारेमा जानकारी गराउनु भयो , फुर्बा गर्जा शेर्पा, सोनलाक्पा लामा शेर्पा , फुर्बा लामा शेर्पाबाट जेहेन्दार तथा उत्कृष्ट शेर्पा बिधार्थिहरुलाई पुरष्कार तथा प्रसंसा पत्र दिने व्यवस्था साथै बिबिध बिषय सम्बन्धि सवाल जबाफ तथा छलफल भएको थियो .
कार्यक्रमको अन्तमा अध्यक्ष श्री गोम्बा पिनासा शेर्पाले सबैलाई धन्यबाद दिदै स्वादिष्ठ आलुदम र हल्का पेया पदार्थकोसाथमा बैठक बिसर्जन गरिएको थियो .
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस

Email : chandlama@uksherpa.org

|