|
लन्डन् ,३१ जुलाई २०११- यु के शेर्पा किदुगको आयोजनमा फाग ङि पर्ब तथा समर भेटघाट कार्यक्रम भब्यतकासात सम्पन्न गर्यो । फाग ङि पर्ब बालिनालि लगाएर थकित तथा ति दुखका दिनहरुलाई भुलि रमाईलो र आराम गर्ने समयको रुपमा लिईन्छ। हिमालि भेगका शेर्पा समुदायमा मानिने यो पर्ब तिन देखि चार दिनसम्म माने पनि ठाउँ र समय अनुसार आफ्नो भाषा, संस्कृति, कला, धर्म र मौलिकपनलाई जिबन्त दिनको लागि यु के शेर्पा
किदुगले एक दिन मान्दै आइरहेको छ । कार्यक्रमको प्रथम चरणमा संस्थाको महासचिब रिन्जि शेर्पाको हेल्थ् एन्ड सेफ्टी बृफ पश्चात बुद्धिश्ट कम्मुनिटिका अध्यक्ष काजि शेर्पाले पावर पोइन्ट मार्फत बुद्धिश्ट कम्मुनिटिको गतिबिधि बारे प्रकाश् पार्नु भएको थियो । दोस्रो सत्रको कार्यक्रममा महासचिब रिन्जि शेर्पाले चलाएको थियो

भने आयोजक कोअर्डिनेटर् कर्मा छिरिङ्ग लामा शेर्पाबाट स्वागत मन्तब्य र युरोप शेर्पा संघका अध्यक्ष आङ्कलजङ लामा शेर्पाले मन्तब्य राख्नु भएको थियो । यु के मा घुम्न आउनु भएका शेर्पा सेवा केन्द्र गुम्बाका निबर्तमान् अध्यक्ष सोनाम् ग्यल्जेन् शेर्पालाई शेर्पाहरुको साझ संस्थ शेर्पा सेवा केन्द्रप्रति दिएको योगदानको कदर गर्दै किदुगका अध्यक्ष्य गोम्बा पिनासा शेर्पाले खादा ओढै सम्मान गरिएको थियो भने अध्यक्ष गोम्बा पिनासाले आफ्नो मन्तब्य राख्दै यस प्रकारको सामाजिक कार्यक्रमले यु केमा छरिएर बस्नु भएका शेर्पा समुदायलाई एउटै धागोमा उन्ने काम गर्नुका साथै रमाईलो भेट्घाटको अलाब हाम्रो भाषा, संस्कृति, कला र मौलिक पहिचानको पनि सम्रक्षण गर्ने माध्यम भएको बताउंदै सहभागिको लागि सबैलाई धन्यबाद् टक्राउनु भएको थियो । कार्यक्रममा मसिना नानिहरुदेखि लिएर युवा, बुढपाकासम्मका भेला भएर रमाउनसम्म रमाए ।
एकजना बयोबृद गगाले भन्नु भयो आजाको भेलाले त नेपालमा नै रहेको महसुस भयो आयोजकलाई धन्यबाद र आशिर्बाद दिनु भयो । बिचमा राफल ड्रको पनि ब्यबस्थ गरेको थियो । राफल ड्र सकिए पछि यस बर्षको लावाहरु कर्मा छिरिङ् लामा शेर्पा, आङ्फुर्बा शेर्पा र आङ्दावा शेर्पालाई धन्यबाद् सहित् खाता अर्पण् गरियो । साथै फाग ङि तथा समर भेट्भाट स्पोन्सर गर्नुहुने क्याटेन् रिटायर्ड् आङ् फुला शेर्पा, आङ्कलजाङ्ग् लामा शेर्पा र अकाल शेर्पालाई धन्यबाद् पदान गरिएको थियो । उक्त कार्यक्रममा बेल्जियम शेर्पा किदुगका सल्हकार रिन्जि शेर्पा, यु के शेर्पा किदुगका सल्हकारहरु ,फुर्बा लामा शेर्पा , पेम्बा लामा शेर्पा ,भोजपुर सेवा समाजका उपध्यक्ष फुर्बा गर्जा शेर्पा, आश्फोर्ड ब्रान्चका च्यरमेन निमा टाक्तोक शेर्पा लामा पासाङ् टाक्तोक शेर्पा, को पनि उपस्थिति थियो। कार्यक्रम दिनको २ बजेबाट सुरु भएर रातिको ११३० बजे समापन गरिएको थियो ।
UK SHERPA KIDUG www.uksherpa.org |