शेर्पा समुदायद्वारा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र

http://sherpaworld.com/pics/article/thumbs/2827_DSC00749.jpg

काठमाडौं २०६७ भाद्र १५
नेपालको उच्च माध्यमिक क्याम्पसस्तरका समाजशास्त्र तथा मानव शास्त्रको पाठ्यपुस्तकहरूमा शेर्पा जातिको विवाह सम्बन्धि संस्कारको गलत व्याख्या नेपालको शिक्षा प्रणालीमा अध्ययन अध्यापन हुँदै आएको त्रुटिपूर्ण विषयवस्तुहरूलाई तत्काल पठनपाठनमा रोक लगाई पुस्तक लेखक प्रकाशकहरू माथि कारवाही गर्नुपर्ने भन्दै शेर्पा समुदायको विवाह संस्कारको विस्तृत व्याख्या सहित नेपाल शेर्पा संघको अगुवाइमा शिक्षामन्त्री सर्वेन्द्र नाथ शुक्ला शिक्षा सचिवलाई ज्ञापनपत्र बुझाइएको
गत भाद्र गते (२०६७) नेपाल शेर्पा संघ केन्द्रीय कार्यसमितिले शेर्पा समुदायका विभिन्न प्रतिनिधिमूलक संस्थाहरूको प्रमुखलाई आमान्त्रण

गरी शेर्पा जातिको विवाह संस्कार त्रुटिपूर्ण विषयहरूमाथि सर्वपक्षीय रूपमा गम्भीर छलफल गरी ज्ञापनपत्र तयार पारिएको हो पाठ्यपुस्तकमा समावेश गलत विषयलाई सच्याउन, सत्यतथ्य संस्कार उल्लेख गर्न संघका अध्यक्ष श्री पेमा छिरी शेर्पाको संयोजकत्यमा निम्न सदस्यहरूको समिति गठन गरेको

संयोजक    श्री पेमा छिरी शेर्पा (अध्यक्ष, नेपाल शेर्पा संघ)
सदस्य    श्रीमती ङिमी शेर्पा (अध्यक्ष, नेपाल शेर्पा महिला संघ)
सदस्य    श्री आङदेण्डी शेर्पा (अध्यक्ष, शेर्पा सेवा केन्द्र)
सदस्य    आचार्य नुर्बु शेर्पा (महासचिव, बौद्ध ञिङ्मा संघ)
सदस्य    श्री किशोर शेर्पा (अध्यक्ष, नेपाल शेर्पा विद्यार्थी मञ्च)
सदस्य    श्रीमती याङजी शेर्पा (अध्यक्ष, हिमाली शेर्पा संस्कृतिक केन्द्र)
सदस्य    श्री ङवाङ दोर्जे शेर्पा  (अध्यक्ष) हिमाली शेर्पा समाज
सदस्य    श्री पेम्बा गेलु शेर्पा  (अध्यक्ष, शेर्पा सञ्चार समूह)
सदस्य    श्री लाक्पा शेर्पा (अध्यक्ष, शेर्पा कलाकार समाज)

 ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री शुक्लाले कुनै पनि समुदायको संस्कृतिमाथि गलत विषयवस्तु लेख्ने प्रकाशन गर्ने माथि कडा कानुनी कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ज्ञापनपत्र बुझाउन निम्न व्यक्तिहरूको सक्रिया सहभागी भएको थियो नेपाल शेर्पा संघबाट श्री पेमा छिरी शेर्पाअध्यक्ष, आङ दावा शेर्पासभासद, श्री लाक्पा  ठिलेन शेर्पा वरिष्ठ उपाध्यक्षश्री ङिमा शेर्पाकोषाध्यक्ष, श्री लाक्पा शेर्पाउपाध्यक्ष, श्री चेङ्गा शेर्पासदस्य, श्रीमती ङिमी शेर्पा (अध्यक्ष, नेपाल शेर्पा महिला संघ), आचार्य नुर्वु शेर्पा (महासचिव, बौद्ध ञिङमा संघ), श्री पासाङ दोर्ची शेर्पा (सल्लाहकार, नेपाल शेर्पा संघ), श्री कर्म ग्याल्जेन शेर्पा (उपाध्यक्ष, हिमाली शेर्पा संस्कृति केन्द्र), श्री छिरिङ शेर्पा (महासचिव, शेर्पा कलाकार समाज), श्रीमती कल्पना शेर्पा (सदस्य, नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति, धरान), किशोर शेर्पा (अध्यक्ष, नेपाल शेर्पा विद्यार्थी मञ्च)   यसै मुद्दालाई लिएर गत (२०६७) भाद्र गते नेपाल शेर्पा विद्यार्थी मञ्च केन्द्रीय कार्यसमितिले भ्रामक विषयवस्तुहरू पाठ्यपुस्तकहरूमा समावेश गरी पठनपाठन गरिएको भन्दै सार्वजनिक रूपमा स्पष्ट पार्न रिपोटर्स क्लव, काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गम्भीर आपत्ति प्रकट गरिएको

Source: Sherpa world

News.jpg

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                    Your Feedback

 

                                                                                                

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama