शेर्पाहरुको विवाह मामाचेला र फुपुचेलीबिच गर्ने चलन छ

http://sherpaworld.com/pics/article/thumbs/2698_cover%5b1%5d.jpg

"शेर्पाहरुको महत्वपूर्ण संस्कार विवाह हो। यस जातिमा मागी, प्रेम, जारी, चोरी जस्ता सबै प्रकारका विवाह परम्परा पाइन्छ। मागी विवाह मामा चेला र फुपू चेलीबीच गर्ने चलन छ" यो वाक्यांंस कुनै साधारण पत्रिकामा प्रकाशित कसैको नितान्न व्यक्तिगत विचारको सन्दर्भ सामाग्री होइन, यो त लाखौ लाख विद्यार्थीहरुले बर्षेनी अध्यायन गर्ने उच्च माध्यमिक शिक्षा (१०+२)को कक्षा १२ समाजशास्त्र/मानवशास्त्र बिषयको नयाँ पाठ्यक्रममा छापिएको सन्दर्भ सामाग्री


 
हो। जसलाई बिद्यार्थीहरुले अध्ययन गरेर आफ्नो भविष्यको गन्तव्य बनाउछन। शेर्पा जाति नेपालको उच्च हिमाली भेगमा बसोबास गर्ने नेपाली हो, जसको आफ्नै छुट्टै भाषा, संस्कृति तथा परम्परागत मुल्य र मान्यताहरु रहेका छन तर शेर्पा जातिको बिषयमा लेखिएको यो सामाग्रीले भने वास्ताविक शेर्पाहरुको ती सबै संस्कार संस्कृति मुल्य र मान्यताहरुको खिल्ली उडाएको छ। सात पुस्ता सम्मा पनि मामा र आमा समान मान्ने शेर्पा जातिको यो संस्कारको गलत व्याख्या गर्ने रत्ननगर ९ चितवनकाका हरिहर घिमिरे हुन जो समानशास्त्र/मानवशास्त्र विभागमा आवद्ध जनउछन्। हुन त आखिर बाहुन न परे "बाहुन ले च्याउ खाओस न च्याउको नाम थाहा होस " भने जस्तै कसरी शेर्पा बरेमा जानुन लेखुन पनि तर के यसरी नजानेको बिषयमा हचुवा तालले सिङ्गो शेर्पा जातिको संस्कार संस्कृतिको धज्जी उडाउदै शेर्पाहरुको स्वाभीमानमा ठेस पुर्‍याउने अधिकार नेपालका यी बाहुनहरुलाई छ ? अझै अर्को वाक्यांश पढौ न "खुम्बु क्षेत्रका कुनै शेर्पा समुदायमा थुप्रै दाजुभाईको एउटै पत्नी राख्ने बहु प्रथा चलन पाइन्छ। यस्तो बिबाहमा जेठा दाजुले नै बिबाहको बिधि पूरा गर्छन। त्यसैले त्यस महिलाबाट जन्मिएका सन्तानहरु जेठो दाजुका हुन्छन तर वर्तमान समयमा केही परिवारमा दुई दाजुभाई दुई साझा पत्नी पनि भएको पाइन्छ। यस्तो दुबै पत्नीको विवाह पनि जेठो दाजु सँग नै हुन्छ। किनभने दाजुले भाइको पत्नीसँग सहवास गर्न नहुने र भाइले भाउजुसँग सहवाग गर्न हुने भएका कारणबाट यस्तो परम्परा भएको विश्वास गरिन्छ। दाजुभाइमा सम्पत्ति बाँड्नुपर्ने र स्त्रीको संख्या थोरै जस्ता कारणबाट बहुपति बिबाहको प्रचलन भएको देखिन्छ। जारी बिबाह गर्दा समाजले तोकेको जरिमाना तिर्नुपर्दछ। भने चोरी बिबाह र प्रेम बिबाहमा पनि सामाजिक मान्यता दिलाउनका लागि बिबाहमा गरिने सबै विधि गर्ने चलन पाइन्छ। मागी बिबाह गर्दा मामाचेला र फुपूचेलीसँग गर्ने चलन शेर्पा जातिमा विशेष रुपले प्रचलित छ।" यो पुस्तक अहिलेको उच्च माध्यमिक शिक्षा (१०+२)को कक्षा १२ समाजशास्त्र/मानवशास्त्र बिषयको नयाँ पाठ्यक्रममा समावेश छ, अब सबै शेर्पा दाजुभाई तथा दिदिबहिनीहरुले भन्नुहोस यो वास्तविक रुपले शेर्पा जातिको विवाहसंस्कारको सही शास्त्र बनेको छ? गम्भीर छलफलको बिषयबस्तु हो यो तसर्थ सबै शेर्पा समुदायका लागि भन्ने शेर्पा संघ संस्था तथा सरोकारवालाहरुले यस प्रति ध्यान दिनु पर्ला की ? नेपालमा समाजशास्त्र र मानवअशास्त्रको परिचय नामक पुस्तकको पृष्‍ठ ११७ मा तपाईं यो सामाग्री पढ्न सक्नुहुन्छ 

-पेम्बा गेलु शेर्पा

 

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                    Your Feedback
  

                                                                                              

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama