अश्फोर्ड केन्टमा पुन शेर्पा भाषा सन्चालन

 

 

यही १४ मे मा यू के शेर्पा किदुग सबकमिटि अश्फोर्ड केन्टका बैठक सब कमिटिका अध्यक्ष श्री निमा टक्तोक शेर्पाको अध्यक्षतमा उहकै निवासस्थानमा बसेको थियो। गत बर्षा शुरु भएको शेर्पा भाषा क्लास लोसर कार्यक्रमको व्यासथतले गर्दा केही समयको लागि बन्द गर्नु परेको थियो र सो थोरै समयमा पनि धेरै उपलब्धी भएको कुरा सब कमिटिका उप ध्याक्ष श्री फुर्बा गर्जा शेर्पाले जानकारी दिनु भएको थियो र अब आउने दिनहरुमा पनि सबैले समय दिएर पढ्नका लागि अनुरोध गर्नु भएको थियो। बैठक मा सब कमिटिका अध्यक्ष श्री निमा टक्तोक शेर्पाले अब नयाँ क्लास शुरु गर्नका लागि शेर्पा संघ यूरोपका अध्यक्ष श्री आङ काल्जङ लामाले £५० र यू के शेर्पा किदुगका कोषाध्यक्ष श्री सना गोपर्मा शेर्पाले £२५० सहयोग गर्नु भएकोमा पुन धन्यवाद दिनु भएको थियो र यो शेर्पा हरुको पहिचाहन जोगाउनक लागि गरिएको कार्यक्रम भएकोले गर्द सिक्नु चाहनु हुने सबैले यो फाईदा लिना र सहयोग गरिदिन हुन अनुरोध गर्नु भएको थियो।

  बैठकले  यही मे २८ देखी पुन शेर्पा भाषा सन्चालन गर्ने निर्णय गरेको छ।

सो बैठकम यू के शेर्पा किदुगका अध्यक्ष श्री गोम्बा पिनासा शेर्पा र महसचिब श्री रिन्जी टक्तोक शेर्पाको पनि उपस्थिती रहेको थियो। अध्यक्ष श्री गोम्बा शेर्पाको सल्लह अनुसार समरको समयमा सबै अलिक व्यासथ र नानीहरुलाई समय दिनुपर्ने भएकोले गर्दा अगस्त महिना सम्मा महिनाको एकदिन मात्र क्लास सन्चालन गर्ने र अगस्त देखी पुन बैठक बसेर समय निर्धारणा गर्ने निर्णय भएको थियो। भाषा सन्चालनको लागि बिषय बस्तु तयार पर्नाक लागि यू के शेर्पा किदुगका महसचिब श्री रिन्जी टक्तोक शेर्पालाई सहयोगका लागि अनुरोध गरिएको छभने भाषा सिकौनाका लागि लामा पासँग नुरु टक्तोक शेर्पालाई अनुरोध गरिएको थियो। अन्या ब्यब्स्थ सब कमिटिले गर्ने निर्णय गरेको थियो।

 

 

                 

                 बिज्ञापनको निम्ति सम्परक राखनुहोस  

                            

                   Email : chandlama@uksherpa.org          

                         

   

 

                  

 

                                                                                                

      Site Designed by Ashish Pant @ iTechplus                                                                              Web Master @ Chand Lama