लिस्बोन् -पोर्तुगल -२६/१२/२०१० - शेर्पा किदुग, पोर्तुगलको प्रथम वार्षिक साधारण सभा किदुगको अध्यक्ष श्री कान्छा शेर्पाको अध्यक्षतमा NRAN पोर्तुगलको कार्यालयमा सम्पन्न छ I
साधारण सभामा किदुगको वार्षिक प्रतिबेदन सचिब श्री धनराज शेर्पाले तथा अर्थीक प्रतिबेदन किदुगको कोषध्यक्ष श्री सोम शेर्पाले प्रस्तुत गर्नु भएको थियो I दुबई प्रतिबेदन माथि ब्यापक छलफल भाई पारित गर्नु का साथै भाबी कार्य योजनाहरु तर्जुमा गरेको थियो I
सो कार्यक्रम को प्रमुख अथिति शेर्पा संघ, यूरोपका -सचिब श्री पेमछिरी शेर्पा ले शेर्पा संघ, यूरोपको गठनको अबस्यकता तथा भाबी योजना बारेमा आफ्नो मनतब्य राख्नु भएको थियो भने सभाको सन्चलन् किदुगको सह सचिब श्री तेन्डी शेर्पाले सञ्चालन गर्नु भए को थियो I कार्य क्रमको अन्तमा शेर्पा नाच ( स्यप्रू ) सहित सम्पन्न भएको समाचार प्राप्त भएको छ I
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस

Email : chandlama@uksherpa.org

|