युके शेर्पा किदुगको को बैठक सम्पन्न
१७ सेप्टेम्बार , केन्ट आशफोर्डमा युके शेर्पा किदुगको पाचौं बैठक संस्थाको अध्यक्ष गोम्बा पिनासा शेर्पाको अध्यक्षतामा सम्पन्न भएकोछ । संस्थाका महासचिव रिन्जी टाक्तोक शेर्पाले बैठकमा उपस्थितिहरुलाई स्वागत गरे पश्चात कार्यक्रम अगाडी बढेको थियो । कार्यक्रमको प्रथम चरणमा कर्मा छिरिङ् लामा शेर्पाले फांगी २०११ कार्यक्रमको हिसाबकिताब पेस गर्नुभएको थियो । फांङी २०११ लाई सफल बनाउनु हुने सम्पूर्ण लावा (आयोजक)लाई किदुगको तर्फबाट धन्यवाद दियो । बैठकमा लोसार २१३९(२०१२) लाई कसरी प्रभाबकारी रुपमा मनाउने भन्ने बारे लावाहरु विच छलफल गरी यसपालीको लावा सम्योजकमा पासांग शेर्पा (क्रवले लन्डन), र लावाहरुमा , दावा सोनाम लामा शेर्पा (सरे ) , क्याप्टेन रिटायर्ड आङ्फुला शेर्पा (राइगेट), वाङ्छु शेर्पा ( डेभोन), निमा नोर्बु शेर्पा (योर्क सायार),यान्जी शेर्पा (कम्बर्ली)लाई बैठकले पास गर्यो । आउने वार्षिक साधारण सभा बिबिध कारणबस लोसार भन्दा पहिला गर्न नसकिने भएकोले लोसारपच्चात गर्ने पनि निर्णय गर्यो । हिमालय कल्चर सेन्टर नेपाललाई दिदै आएको आर्थिक सहयोग र शेर्पा संचार समुहले गरेको आर्थिक सहयोगको अनुरोध बारे छलफल गरी आगामी वार्षिक साधारण सभासम्म यथवातरुपमा कायम गरियो । साथै बैठकमा बिबिध बिषयमा छलफल गरी उप-अध्यक्ष दावा सोनाम लामा शेर्पा, आश्फोर्ड ब्रान्च अध्यक्ष निमा टाक्तोक शेर्पा,कल्चर सेक्रेटरी कर्मा छिरिङ्ग लामा शेर्पा,सल्लहकार क्याप्टेन रिटायर्ड आङ्फुला शेर्पा,फुर्बा शेर्पा र फुर्बा लामा शेर्पाले बिबिध बिषयमा जिज्ञासा र सुझाब राख्नु भएको थियो ।
अध्यक्ष गोम्बा शेर्पाले बैठकको अन्तमा उपस्थितीको लागी सबैलाई धन्यबाद दिदै हल्का पेय पदार्थकोसाथमा बैठक बिसर्जन गरिएको थियो ।
युके शेर्पा किदुग
|
बिज्ञापनको निम्ति सम्परक राखनुहोस
Email : chandlama@uksherpa.org


|